प्रहरीको लाठीचार्जले राम मनोहरकी पत्नी सख्त घाईते, २० प्रहरी हिरासतमा

प्रदर्शन अहिले पनि जारी रहेको जनाइएको छ । 

२०७५ असोज १९ शुक्रबार
दिउसो २:२५ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, बाँके । प्रहरी हिरासतमा मृत्यू भएका स्वतन्त्र मधेस गठबन्धनका नेता राम मनोहर यादवलाई न्यायको माग गर्दै शुत्रबार (आज) गरिएको चक्काजामको क्रममा उनकी श्रीमति सख्त घाईते भएकी छन् ।

 

मृतक नेता राम मनोहर यादवलाई न्याय दिलाउनको लागि गर्दै आएको संघर्षको क्रममा शुक्रबार पूर्व घोषित कार्यक्रम अनुसार गरिएको चक्काजामको क्रममा प्रहरीले लाठीचार्ज गर्दा राम मनोहरकी पत्नी गम्भिर घाईते भएकी छन् भने २० जना प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएका हुन् ।

 


शुक्रबार बाकेंको सम्पूर्ण स्थानहरुमा सार्वजनिक यातायात बन्द गरेर चक्काजाम गरेका हुन् ।   पिडित परिवार र संघर्ष समितिले गरेको शान्तीपूर्ण आन्दोलनको क्रममा  विभिन्न स्थानबाट लगभग २० जना गिरफ्तार भएका छन भने १ दर्जनभन्दा बढि घाईते भएको स्वतन्त्र मधेस गठबन्धनका प्रवक्ता अब्दुल खानले जानकारी दिए । 

 

 

घाईतेहरुको उपचार स्थानिय अस्पताल र मेडिकलहरुमा भईरहेको छ । घाईते मध्ये प्रहरी हिरासतमा मृत्यू भएको राम मनोहरको पत्नी सुनिता यादव गम्भिर घाईते भएकी छन। 

 

यस्तै, अनवर खाँन , विष्णुप्रसाद यादव सहितका प्रदर्शनकारीहरुलाई प्रहरीले हिरासतमा लिएका छन् भने प्रदर्शन अहिले पनि जारी रहेको जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७५ असोज १९ शुक्रबार

Bureau Menus

} }