
न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी हिरासतमै शंकास्पद मृत्यू भएका स्वराजी राम मनोहरको लास(शव) विगत ८१ दिनदेखि प्रहरी हिरासतमै रहेको छ ।
गत भदौ १४ गते प्रहरी हिरासतमै मृत्यू भएका स्वतन्त्र मधेस गठबन्धनका नेपालगँजका नेता राम मनोहर यादवलको लास र न्याय अहिलेसम्म प्रहरी हिरासतमै रहेको स्वतन्त्र मधेस गठबन्धनका प्रवक्ता अब्दुल खानले जानकारी दिए ।
उनले भने,- "८१ दिन बित्यो , राम मनोहर यादवको लास र न्याय दुवै नेपाल प्रहरिकै हिरासत मा छ । राम मनोहरका परिवार माथी पनि प्रहरी ज्यादती जारी नै छ । मानव अधिकारवादी लगायत पत्रकार बुद्धिजीवी अन्तर्राष्ट्रिय समुदाय सबैमा न्यायको लागी आवाज उठाइदिन अपिल गर्दछु ।"
गत भदौ ७ गते बर्दियामा कार्यकर्ता भेटघाटको क्रममा पुगेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् वर्तमान संघीय सरकारका स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएपछि प्रहरीले हिरासतमा लिएको थियो ।
जाबो कालो झण्डा देखाएर विरोेध गर्दा मन्त्री यादवले उनलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यही प्रकरणमा उनलाई एक सातासम्म प्रहरी हिरासतमा राखिएको थियो । पक्राउ परेको ७ औँ दिनमा उनको प्रहरी हिरासतमै शंकास्पद मृत्यू भएको थियो ।
राम मनाहरको मृत्यूपछि मधेसमा बलेको आगो अहिले साम्य भएको छ भने अहिलेसम्म उनको शव शिक्षण अस्पताल महराजगँजमा प्रहरीको निगरानीमा राखिएको छ ।
राममनोहरसँग न्यायको लागि उनको परिवार विगतदेखि नै विभिन्न विरोध तथा ध्यानकर्षण गराउँदै आएपनि अहिलेसम्म उनको लास र न्याय प्रहरी हिरासतमै रहेको छ ।
- २०७५ मङ्सिर ५ बुधबार