Close This

राम मनोहरको शवयात्राबाट पक्राउ परेका स्वराजीहरु भोली नेपालगँज उच्च अदालत जाने

राज्य विरुद्धको नारा लगाएको भन्दै प्रहरीले शवयात्राकै क्रममा कैयौँ युवकहरुलाई पक्राउ गरेको छ । 

२०७५ माघ २४ बिहीबार
दिउसो ३:५६ बजे
न्यूज ब्यूरो, डेस्क

जनकपुरधाम, २४ माघ । स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको शव यात्रामा सहभागी भएर घर फर्कदै गर्दा पक्राउ गरिएका स्वराजीहरु शुक्रबार अदालतमा उपस्थित हुने भएको छ । 

 

प्रहरी हिरासतमै मृत्यू भएका डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको शव झण्डै ५ महिनापछि बुझेपछि दाहसँस्कार गरिएको हो । दाह सँस्कारमा सहभागी हुन विभिन्न जिल्लाबाट राम मनोहरको पैतृक गाउँ बाँकेको जानकी गाउँपालिका पुगेका स्वराजीहरुलाई नेपाल प्रहरीले धडपकड गरेका थिए । 

 

राज्य विरुद्धको नारा लगाएको भन्दै प्रहरीले राम मनोहर यादवको शवयात्राकै क्रमबाट पनि कैयौँ युवकहरुलाई पक्राउ गरिएको थियो । प्रहरी हिरासतमा रहेका ९ जना उपर राज्य विरुद्धको विप्लव मुद्दा लगाएर शुक्रबार विहान उच्च अदालत नेपालगँजमा उपस्थित गराउने भएको छ । 


गत माघ २१ गते उनीहरुलाई पक्राउ गरिएको हो । अन्य जनालाई त्यसैदिन तथा केहीलाई माघ २२ गते रिहा गरिएपनि अन्य ९ जना अझै प्रहरी हिरासतमा राखिएका हुन् । गत असोज २१ गते नै डा. सिके राउत समेत पक्राउ परेका छन् भने अहिलेसम्म हिरासतमै थुनुवाको रुपमा रहेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७५ माघ २४ बिहीबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus