
न्यूज ब्यूरो, १७ साउन । कमला नगरपालिकास्थित सम्पन्न भएको कमला क्रिकेट लिग २०८२ पहिलो सिजनको पहिलो ट्रफी वडा नं.५ ले हात पारेको छ ।
गत असार २० गतेदेखि सँचालन भएको कमला क्रिकेट लिग २०८२ मा नगरपालिकाको ९ वटै वडाका टिम सहभागी भएका थिए । लिग अन्तर्गत खेलाइएको खेलमा वडा नं. ५ ले निरन्तर जीत हाँसिल गरी फाईनल खेलेका थिए । ५ खेलमध्ये १ खेलमा मात्र पराजित वडा नं. ५ बाँकीका खेलहरु जितेर फाईनलको यात्रा तय गरेका थिए ।
सेमिफाईनलको लागि भएको वडा नं. २ र वडा नं. ५ बीचको खेलमा अम्पायरको एक गलतीले वडा नं. २ खेल गुमाएका थिए । पहिलो सिजनको ट्रफी वडा नं. ५ ले ३ विकेटले जितेको आयोजक कमला युवा सँजालका अध्यक्ष बिमलेश यादवले जानकारी दिए ।
यादवका अनुसार, फाईनल खेल वडा नं. ४ र वडा नं. ५ बीचको खेलमा वडा नं. ४ ले २० ओभरमा दिएको १३१ रनको लक्ष्य पछयाउँदै वडा नं. ५ ले १६ ओभरमै लक्ष्य पुरा गरेका थिए ।
कमला युवा संजालका अध्यक्ष यादवको अध्यक्ष्ातामा फाईनल खेलमा पूर्व संविधानसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता दिनेश प्रसैला यादवले प्रमुख आतिथ्य गरेका थिए । यस्तै विशिष्ट अतिथिको रुपमा नेपाली काँग्रेसका नेता सत्यनारायण यादव तथा नगर उपप्रमुख शिलादेवी मण्डल रहेका थिए ।
प्रमुख अतिथि र अतिथिहरुले बिजेता टीमलाई रु. २५ हजार रुपैयाँको पुरस्कार र ट्फी दिए भने रनरअप बिजेता वडा नं. ४ लाई रु. १५ हजार नगदसहित ट्रफी प्रदान गरेका थिए ।
लिगको अन्तरालमा सहयोग गरेका सहयोगीहरुलाई सम्मान, अम्पायर, कमेन्टेटर र अन्य कर्मचारीहरुलाई सम्मान गरिएको अध्यक्ष यादवले जानकारी दिए ।
समापन कार्यक्रममा कमला बचाउ अभियानका अध्यक्ष विक्रम यादव, डा. दिगबिजय ठाकुर, नेता बिरेन्द्र यादव ,जय नाथ यादव रुपेश यादव ,अजय यादव ,सितेश मण्डल ,राकेश यादव ,बिरेन्दर मुखिया ,शशिकमन्त मण्डल ,अरुण यादव ,सम्भु यादव ,हल्खाेरि, विभिन्न वडाका वडाध्यक्षहरु, खेलाडीहरु, शुभचिन्तकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो
- २०८२ श्रावण १८ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ । जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र
पूरा पढ्नुहोस्