
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ ।
आज जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिनुका साथै मन्त्रिहरुलाई पनि फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए ।
नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थ मन्त्री सुनिल यादव, उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका छन् ।
कांग्रेसले समर्थन फिर्ता लिएसंगै मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत पाउने सम्भावना कम रहेको देखिएको छ ।
समाजिक सँजालहरुमा नेपो बेबिजपछि 'Jholey' ट्रेण्ड !
- २०८२ असोज ८ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । सामाजिक सञ्जालमा ‘झोले’ ट्रेन्ड सुरु भएको छ । राजनीतिक दलका नेताहरूसँग फोटो-भिडिओ खिच्ने व्यक्तिलाई लक्षित गर्दै फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा यस्तो ट्रेन्ड सुरु गरिएको हो
पूरा पढ्नुहोस्