
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौज गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष बद्री नारायण सिँहको निधन भएको छ ।
२०७४ सालको प्रथम स्थानीय तह चुनावमा नेपाली काँग्रेस पार्टीबाट निर्वाचित भएका थिए । धनौजी गाउँपालिकाको प्रथम गाउँपालिका अध्यक्षको रुपमा निर्वाचित भएका उनको शुक्रबार दिउँसो निधन भएको हो ।
नेपाली काँग्रेस पार्टीका इमान्दार नेतृत्वको छाप लागेका सिँहको शुक्रबार दिउँसो निधन भएको परिवारिक श्रोतले जनाएको छ ।
उनको आज विधिवत रुपमा पुर्खौली गाउँ धनौजीमै अन्तिम सँस्कार गरिने कार्यक्रम रहेको छ । उनको अन्तिम सँस्कारको लागि नेपाली काँग्रेसका केन्द्रीय नेताहरु आउने बुझिएको छ ।
समाजिक सँजालहरुमा नेपो बेबिजपछि 'Jholey' ट्रेण्ड !
- २०८२ असोज ११ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । सामाजिक सञ्जालमा ‘झोले’ ट्रेन्ड सुरु भएको छ । राजनीतिक दलका नेताहरूसँग फोटो-भिडिओ खिच्ने व्यक्तिलाई लक्षित गर्दै फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा यस्तो ट्रेन्ड सुरु गरिएको हो
पूरा पढ्नुहोस्