सप्तरीका गायक सन्नु कुमार खँगमाथि एक अभिनेत्रीसँग धोकाधडीको आरोप 

२०८२ मङ्सिर १६ सोमबार
बेलुकी ७:५४ बजे
न्यूज ब्यूरो, डेस्क
फोटो साँकेतिक प्रयोजनको लागि मात्र (स्केच), बायाँ गायक सन्नुकुमार खँग

न्यूज ब्यूरो, जनकपुरधाम । देशमा प्रतिबन्धित लागुऔषध गाँजाको गीत मार्फत प्रोत्साहन गरेका गायक सन्नु कुमार खँगमाथि धोकाधडीको आरोप लगाइएको छ । 

आईतबार श्रम शोषणको आरोप लगाएकी जनकपुरकी एक अभिनेत्रीले उनीमाथि पुनः धोकाधडीको आरोप लगाएकी छन् । श्रम शोषणको आरोप लगाएकी महिला कलाकारले आफूसँग दुई प्रोजेक्ट (भिडियो गीत सुटिँग) को लागि मौखिक सम्झौता गरेपनि सन्नु कुमार खँगको टिमले अर्को भिडियोमा फुटेजहरु प्रयोग गरी विश्वासघात गरेको बताएकी छन् । 

उनले दुई गीतको लागि सुटिँग हुँदै गर्दा झुक्याएर थप भिडियोहरु सुट गराई अर्को भिडियोमा आफ्नो फुटेजहरु प्रयोग गरेपछि आपत्ति जनाएकी छन् । उनले भनिन–“एक त सम्झौता बमोजिम एक रुपैयाँ पनि दिएनन, काठमान्डौँबाट बोलाएर काम गराए, श्रम शोषण पनि गरे, त्यसमाथि झुक्याएर थप भिडियो फुटेज सुट गरी अर्को भिडियोमा चलाए । यो त मसँग अर्को धोकाधडी भयो ।”

सम्बन्धित समाचार

उनले मौखिक सम्झौता अनुसार भनेबमोजिम दुई भिडियोको लागि मात्र फुटेज सुट गर्नुपर्ने भनेका थिए । तर, दुईको बहानामा झुक्याएर अर्का भिडियोका लागि पनि फुटेज सुट गरेको भिडियो रिलिज भएपछि मात्रै थाहा पाएको बताईन् । उनले पारिश्रमिक नदिएपछि उनीहरुसँग सम्बन्ध ब्रेक गर्दै भिडियो आएपछि मात्रै तेस्रो भिडियोमा प्रयोग गरिएको तथा आफू ठगिएको थाहा पाएको बताइन् । 

यस सन्दर्भमा गायक सन्नु कुमार खँग र उनका व्यवस्थापक कौशल झासँग सम्पर्क भने हुन सकेनन् । गायक खँगले फोन उठाएनन भने झाको मोबाईलमा सम्पर्क हुन सकेनन् । 

  • 0%
  • 13%
  • 0%
  • 0%
  • 2%
  • 83%

धनुषा हँसपुरको नयाँ अधिकृतमा ओम प्रकाश महतो, प्रशासनिक बेतिथि हटाउने प्रतिवद्धता

  • २०८२ मङ्सिर १६ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको नयाँ अधिकृतमा उपसचिव ओम प्रकाश महतो (साह) कार्यभार सम्हालेका छन् ।  सोमबार एक कार्यक्रमबीच अधिकृत महतो हाजिर भएका हुन् । सोमबार दिउँसो उनलाई नगर

पूरा पढ्नुहोस्

Bureau Menus