कमला नगरपालिकामा नगरसभा गराउन तथा तलबभत्ता दिन वडासदस्यहरुको माग 

२०८२ पौष १४ सोमबार
बिहान ११:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा दोस्रो चौमासिक सुरु भएपनि अहिलेसम्म नगरसभा हुन नसक्दा जनप्रतिनीधिहरु समेत वाक्क हुन थालेका छन् । 

२०८२/०८३ को लागि अझै कमला नगरपालिकाले बजेट ल्याउन नसकेपछि विभिन्न वडाका वडासदस्यहरु समेत अप्रत्यक्ष रुपमा आन्दोलित भएका छन् । 

नगरपालिकाका मेयर उपमेयर र वडाध्यक्षहरुमा भाँडभैलो भएपछि वडासदस्यहरुले अप्रत्यक्ष रुपमा आन्दोलन थालेका छन् । सोही क्रममा विभिन्न वडाका वडासदस्यहरुले नगर प्रमुख विशेश्वर यादवलाई यथाशिघ्र  नगरसभा बोलाउन माग गरेका छन् । 

वडा नं. २ का वडासदस्य जीतनारायण यादवको अगुवाईमा १ देखि ९ नम्बर वडाका वडासदस्यहरुले नगर प्रमुख यादवलाई यो महिनाभित्रै नगरसभा गरी कर्मचारीहरुको तलबभत्ता, विकास निर्माणका कार्यहरु गराउन माग गरेका छन् । 

कार्यपालिकाको बैठक पटक पटक बसेपनि नगरसभाको लागि अझै सहमति जुटन सकेको छैनन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मदरसाको गतिविधिमा निगरानी राखेर नेपालको हिन्दु–मुस्लिम विवाद समाधान गर्न सकिन्छ

  • २०८२ पौष १४ सोमबार

हालै मधेश प्रदेशका धनुषा र आसपासका क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक तनाव बढेको समाचारले समग्र नेपाली समाजका लागि चिन्ताको विषय प्रस्तुत गरेको छ। टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा धार्मिक संवेदनशील विषयलाई लिएर

पूरा पढ्नुहोस्

Bureau Menus