हँसपुर नगरपालिकाको १६औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ५५ करोड ३९ लाख बजेट अनुमान

२०८३ असार ११ बिहीबार
बिहान ०७:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । हँसपुर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम तथा बजेटको प्रारम्भिक अनुमान प्रस्तुत गरिएको छ।

नगर प्रमुखको निधनपछि कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हालिरहनुभएकी उपप्रमुख दुर्गा देवी मण्डलले नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिन। उनले नगरपालिकाको समग्र विकास, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी, सरसफाइ तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको बताइन।

नगरसभामा आगामी आर्थिक वर्षका लागि रु. ५५ करोड ३९ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको जानकारी दिइएको छ। प्रस्तुत नीति तथा कार्यक्रममार्फत नगरवासीको जीवनस्तर उकास्ने, आधारभूत सेवामा पहुँच विस्तार गर्ने तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकासलाई अघि बढाउने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोले नगरपालिकाले हालसम्म सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक गतिविधिबारे जानकारी गराएको थियो । त्यसैगरीलेखा अधिकृत सञ्जीव कुमार महतोले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण तथा बजेटका प्रमुख प्राथमिकताबारे प्रकाश पारे । 

नगरसभामा नगरपालिकाभित्रका सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै विकास निर्माणका कार्यलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सुझाव दिएका थिए।

कार्यवाहक नगर प्रमुख मण्डलले नगरपालिकाले जनअपेक्षा अनुसार पारदर्शी, उत्तरदायी र परिणाममुखी ढंगले विकासका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन। उनले नगर प्रमुखको अभावका बाबजुद विकास निर्माण तथा सेवा प्रवाहका कार्यलाई निरन्तरता दिँदै नगरवासीको हितलाई केन्द्रमा राखेर काम गरिने बताइन।

नगरसभाबाट प्राप्त सुझावहरूलाई समेटेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिइने नगरपालिकाले जनाएको छ। हँसपुर नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी वर्षका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु

  • २०८३ असार ११ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा उपमेयरकप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा सुरु भएको पाँचदिवसीय प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख

पूरा पढ्नुहोस्

Bureau Menus