‘निष्क्रिय इच्छामृत्यु’ लाई अनुमति दिने ऐतिहासिक फैसला !

२०८२ फाल्गुण २७ बुधबार
बेलुकी ७:५९ बजे
न्यूज ब्यूरो, डेस्क

नयाँ दिल्ली। Supreme Court of India ले पहिलोपटक ‘निष्क्रिय इच्छामृत्यु’ (Passive Euthanasia) लाई अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ।

बार एन्ड बेन्च र समाचार एजेन्सी Press Trust of India (पीटीआई) का अनुसार अदालतले १२ वर्षभन्दा बढी समयदेखि कोमामा रहेका ३२ वर्षीय एक पुरुषलाई निष्क्रिय इच्छामृत्युका लागि अनुमति दिएको हो।

न्यायाधीश J.B. Pardiwala र K.V. Viswanathan को संयुक्त इजलासले लामो समयदेखि बहस हुँदै आएको निष्क्रिय इच्छामृत्यु सम्बन्धी मुद्दामा यस्तो फैसला सुनाएको हो।

अदालतले यससम्बन्धी स्पष्ट कानुनी व्यवस्था गर्न केन्द्र सरकारलाई व्यापक कानुन निर्माणबारे विचार गर्न पनि निर्देशन दिएको छ।

निष्क्रिय इच्छामृत्यु भन्नाले वर्षौंदेखि ओछ्यानमा रहेका, कोमामा रहेका र उपचारबाट निको हुने सम्भावना नदेखिएका बिरामीलाई चिकित्सकीय सहायताबाट जीवनरक्षक उपकरण हटाई प्राकृतिक मृत्यु हुन दिने प्रक्रियालाई जनाइन्छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८२ फाल्गुण २७ बुधबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus