न्यूज ब्यूरो, काठमान्डौँ । काठमाडौं । छवि रिजाल लाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरिएको छ।
अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज बिहान सुविधानगर क्षेत्रबाट पक्राउ गरेको थियो। पक्राउ परेका रिजाल काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुन्।
उनिमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा दमन गरेको आरोप लाग्दै आएको छ। सोही घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले समेत रिजाललाई कारबाहीका लागि सिफारिस गरेको थियो।
यद्यपि, प्रारम्भिक अनुसन्धानपछि उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिएका छन्।
अदालतकै कर्मचारी ५० हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ
- २०८२ चैत १७ मंगलबार
न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्ला अदालतका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको टोलीले अदालतका डिट्ठा लभकुमार सिंहलाई ५० हजार रुपैयाँ घुस लिँदै गर्दा
पूरा पढ्नुहोस्


