जनकपुरको मोडेल कलेजभित्रैः 'छौरा साउण्डपे सुताके चार राउण्ड मारेले'

२०८२ चैत १५ आइतबार
बेलुकी ६:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको चर्चित नीजि कलेज मोडेल मल्पिटल कलेज यतिबेला समाजिक सँजालमा विवादित बनेको छ । 

मोडेल कलेजमा राखिएको एक फेयरवेल कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले गैर समाजिक गीत (अश्लिल प्रकार) को गीतमा नाचगान गरेपछि भिडियो भाईरल बनेको छ । विद्यालयलाई सरस्वतिको मन्दिर मान्दै आएको यो समाजले त्यस्ता कार्यक्रमप्रति आपत्ति जनाएको छ । 

अहिले टिकटोक, फेसबुक लगायत अन्य समाजिक सँजालमा मोडेल कलेजको विद्यार्थीहरुको चर्तिकला भाईरल बनेको छ । विभिन्न दोहोरो अर्थ लाग्ने गीतमा नाचगान गर्दै गरेका विद्यार्थीहरुलाई समाजिक सँजालमा ट्रोल समेत गरिएको छ । विद्यार्थीहरुको अनुशासनको साथै कलेज प्रशासनको अनुशासन, गतिविधि र मानसिकताप्रति समेत आलोचना भएको छ । 

सुरुमा उच्च शिक्षा, गुणस्तरीय शिक्षाको लागि मोडेल कलेजमा विद्यार्थीहरु पढन जाँने गरेकोमा अहिले वातावरण बिग्रेको भन्दै चौतर्फी आलोचना भएको छ । 

विभिन्न व्यक्तिहरुले मोडेल कलेजको फेयरवेलको भिडियो सेयर गर्दै सरस्वतिको मन्दिरभित्र यस्तो हुनु अक्षम्य रहेको टिप्पणी गरेका छन् । विद्याको मन्दिर भन्दे अशोभनीय कार्य भएको र कलेजले क्षमा माग्नुपर्ने तथा भविष्यमा कहिल्यै पनि यस्ता कार्यक्रम नगर्ने गरी लागू हुनुपर्र्ने टिकाटिप्पणी गरिएको छ । 

विद्यार्थीहरुले छौरा साउण्डपे सुताके चार राउण्ड मारेला जस्ता अपशब्द प्रयोग, दोहोरो अर्थको गीतमा नाचगान गरेपछि चौतर्फी आलोचना भएको छ । उनीहरुको भिडियो समेत भाईरल बनेको हो । 

  • 0%
  • 35%
  • 0%
  • 10%
  • 5%
  • 45%

लोकतन्त्रमा परिवारवाद राजतन्त्रको प्रतिबिम्ब

  • २०८२ चैत १५ आइतबार
  • शशिकान्त मण्डल

राजनीति परिवारको भविष्य सुनिश्चित गर्ने कुनै व्यक्तिगत पेशा वा व्यवसाय होईन। राजनीति सकारात्मक सामाजिक परिवर्तन एवं समाजको समग्र विकासका लागि गरिने समाजिक सेवा हो। राजतन्त्र जस्तो राजाको परिवार नै राजा हुनुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus