न्यूज ब्यूरो, रुपन्देही । रुपन्देही जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्राले विद्यालय परिसरमै शिशु जन्माएकी घटना सार्वजनिक भएको छ।
कक्षा ११ मा अध्ययनरत १८ वर्षीया अविवाहित छात्राले चैत ११ गते विद्यालयको शौचालयमा छोरीलाई जन्म दिएको विद्यालय प्रशासनले पुष्टि गरेको छ।
विद्यालयका अनुसार ती छात्रा घर टाढा भएकाले विद्यालयले उपलब्ध गराएको आवासीय कोठामा अन्य साथीहरूसँग बस्दै आएकी थिइन्। उनले आफ्नो गर्भावस्था लुकाएर राखेको र सोबारे साथीहरू, शिक्षक तथा विद्यालय प्रशासनलाई कुनै जानकारी नभएको दाबी गरिएको छ।
घटनाका दिन अचानक शौचालयमै सुत्केरी व्यथा सुरु भएपछि उनले त्यहीँ शिशु जन्माएकी थिइन्। त्यसपछि मात्र घटना बाहिरिएको हो। केही दिनअघि पेट दुखेको भन्दै उनले विद्यालयबाट सिटामोल लिएको जानकारीसमेत प्राप्त भएको छ।
विद्यालयका प्रधानाध्यापक झपेन्द्र ज्ञवालीले शिशु जन्मिएपछि छात्रालाई तत्काल अभिभावकको जिम्मा लगाइएको जानकारी दिए। उनका अनुसार, “उनी गएको भदौपछि विद्यालयमा भर्ना भएकी थिइन्। शारीरिक रूपमा केही परिवर्तन देखिए पनि सोधपुछ गर्दा उनले अस्वीकार गरेकी थिइन्।”
प्रधानाध्यापक ज्ञवालीले उक्त सम्बन्ध विद्यालय बाहिरको हुनसक्ने र विद्यार्थीहरूको व्यक्तिगत गतिविधिको सम्पूर्ण जिम्मेवारी विद्यालयले लिन नसक्ने स्पष्ट पारे।
विद्यालयले टाढाबाट आएका विद्यार्थीका लागि आवासीय व्यवस्था गर्दै आएको छ। सोही व्यवस्था अन्तर्गत ७ जना छात्रा दुईवटा कोठामा बस्दै आएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष चित्रबहादुर थापाका अनुसार, छात्राको शारीरिक बनावटका कारण गर्भावस्था कसैले अनुमान गर्न सकेनन्।
शिशु जन्मिएपछि गरिएको प्रारम्भिक सोधपुछमा छात्राले सहपाठी एक युवकसँगको सम्बन्धबाट गर्भ रहेको बताएकी छन्। उक्त युवक हाल विद्यालयमा अनुपस्थित रहेका छन् भने उनका अभिभावकले जिम्मेवारी स्वीकार गरेको विद्यालय प्रशासनले जनाएको छ।
घटना सार्वजनिक भएसँगै स्थानीय समुदाय तथा शैक्षिक क्षेत्रमा व्यापक चासो र बहस सुरु भएको छ। बालमैत्री कार्यक्रम सञ्चालन भइरहेको विद्यालयमै यस्तो घटना घटेपछि विद्यालय व्यवस्थापन, अभिभावकीय निगरानी तथा किशोरकिशोरीमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धी प्रश्नहरू उठ्न थालेका छन्।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८२ चैत १८ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्



