न्यूज ब्यूरो, जनकपुरधाम । मधेशका यातायात कार्यालयहरुमा हुने गरेको भ्रष्टाचार र दलालतन्त्र हटाउन जसपा नेपाल समर्थित युवा संघका प्रदेश अध्यक्ष कमलेश यादवले चेतावनी दिएका छन् ।
जसपा नेपाल पार्टीबाट मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रहेका मनीष सुमनलाई यादवले यातायात कार्यालयबाट दलालतन्त्र हटाउन चेतावनी दिएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका भातृ संगठन समाजवादी युवा संघका प्रदेश अध्यक्ष रहेका यादवले यातायात कार्यालयमा लामो समयदेखि भइरहेको चरम भ्रष्टाचार र दलालतन्त्र अन्त्य गर्न मन्त्री स्वयंले तुरुन्त कदम नचाले, हामी आफै हस्तक्षेप गर्ने चेतावनी दिएका हुन् ।
यादवले सार्वजनिक रूपमा चेतावनी दिँदै भनेका छन्, ‘तपाईं आफ्नो मन्त्रालय अन्तर्गत भइरहेको बेथिति नियन्त्रण गर्न तत्काल एक्शनमा आउनुहोस्, अन्यथा हामी आफैं हस्तक्षेप गर्न बाध्य हुनेछौं ।’ उनका अनुसार यातायात कार्यालयमा सेवाग्राहीहरू दिनहुँ हैरानी खेप्न बाध्य छन् भने बिचौलियाको सक्रियताले सेवा प्रणाली नै प्रभावित बनेको छ ।
युवा संघले भ्रष्टाचारविरुद्ध कडा आन्दोलनको तयारीसमेत गरिरहेको संकेत दिँदै सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।
मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न
- २०८२ चैत १८ बुधबार
न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।
पूरा पढ्नुहोस्


