रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पर्सा जिल्ला अदालतबाट बुझे तारिख

२०८२ चैत १८ बुधबार
बेलुकी ५:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन् ।

सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर मंगलबार तारेख बुझेका हुन् । उनी केहीबेरअघि तारेख बुझेर फर्किएको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ । रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus