न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास कार्यालय धनुषाका हाकिम सँजय मिश्रले ठेकेदारहरुसँग दलाली गरेको प्रमाण फेला परेको छ ।
पर्यटन कार्यालय मार्फत राखिएको धनुषाको विभिन्न ठाउँको भौतिक पूर्वाधार योजनामा ठेकेदारलाई ५ देखि १० प्रतिशतसम्म कमिशन लिएर चिठ्ठी बेच्ने गरेका छन् । विभिन्न स्थानीय तहहरुमा दिइएको योजनामा हाकिम सँजय मिश्राले ठेकेदारसँग कमिशन पहिले लिएर मात्र चिठ्ठी दिने गरेका छन् ।
सरकारको नियममा पर्यटन विकास कार्यालयबाट सिधै पालिका तहको कार्यालयमा चिठ्ठी प्राप्त हुनुपर्नेमा हाकिम मिश्राले विभिन्न ठेकेदारसँग बार्गेनिँग गरी कमिशन लिएर गैर कानुनी रुपमा चिठ्ठी ठेकेदार मार्फत वडामा पठाउने गरेको खुलेको छ । यसलाई केही वडाध्यक्षले समेत पुष्टि गरेका छन् ।
धनुषाको विभिन्न स्थानीय तहको लागि राखिएको योजनामा पर्यटन विकास कार्यालयका हाकिम सँजय मिश्रले वडालाई सिफारिस चिठ्ठी नदिई सिधै ठेकेदार, बिचौलियालाई चिठ्ठी दिने गरेका छन् । सोही चिठ्ठी लिएर वडामा गएपछि स्थानीय सरकारका वडाध्यक्षहरुले आपत्ति जनाएका छन् ।
कर्मचारी मार्फत कार्यालयमा आउनुपर्ने सिफारिस कागजात आफ्ना मातहतका ठेकेदार, बिचौलियालाई दिएर पठाउने गरेको पाईएको छ । यसरी बिचौलिया मार्फत सरकारी चिठ्ठी पठाउँदा सरकारी कार्यालयको अस्तित्वमाथि प्रश्न तेर्सिएको छ ।
वडास्तरमा उपभोक्ता समिति मार्फत हुने कामलाई सरकारमा रहेका दलका नेता, साँसद, वडाध्यक्षहरुलाई कोटा छुटयाएर हाकिम मिश्रले मोटो कमिशन लिँदै योजनाका चिठ्ठी बेच्दै आएका हुन् ।
यस सन्दर्भमा हाकिम सँजय कुमार मिश्रसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।
'१०० टकिया' नियम प्रति असन्तुष्टि, प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र
- २०८३ बैशाख २० आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतबीचको परम्परागत “बेटी–रोटी” सम्बन्धमा असर परेको भन्दै जनकपुरका एक सँचार उद्यमी एवम् व्यवसायीले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्रमार्फत ध्यानाकर्षण गराएका छन्। उनले एक सचेत र स्वतन्त्र आम
पूरा पढ्नुहोस्

.png)
