रास्वपा (घण्टी) की साँसद आशिका तामाङले भनिन् पुराना र हामी नयाँमा के फरक ?

२०८३ बैशाख २७ आइतबार
बिहान ०९:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद आशिका तामाङ ले आफ्नै पार्टीभित्र हुने खर्च शैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सांसदहरूका लागि आयोजना गरिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम फाइभ स्टार होटल वा बाहिरी महँगा स्थलमा गर्नुपर्ने बाध्यता नभएको प्रश्न उठाएकी हुन्। उनले सिंहदरबारभित्रै पर्याप्त सभाहल हुँदाहुँदै बाहिर कार्यक्रम आयोजना गर्नुको औचित्यमाथि प्रश्न गरेकी छन्।

उनले लेखेकी छन्, “संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल सापटी लिएर गर्नु पर्नु कुनै बाध्यता पक्कै होइन होला? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति, बाहिर किन आखिर ?”

सांसद तामाङले यस्ता कार्यक्रमका लागि बाहिर खर्च हुने रकमको हिसाब–किताब कसले गर्ने भन्ने प्रश्न पनि उठाएकी छन्। सुरक्षा कारण देखाएर महँगा होटलमा कार्यक्रम गरिएको भए त्यो सुरक्षा एक दिनका लागि मात्र आवश्यक हो कि भन्ने व्यंग्यात्मक प्रश्नसमेत उनले गरेकी छन्।

उनले थप लेखेकी छन्, “हामी आफै परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उहीँ भयो भने पुराना र हामी नयाँमा के फरक भयो त ?”

उनको यो अभिव्यक्तिलाई रास्वपाभित्रकै खर्च, कार्यशैली र ‘नयाँ राजनीतिक संस्कार’ सम्बन्धी बहससँग जोडेर हेरिएको छ। पार्टीभित्रबाटै सार्वजनिक रूपमा आएको यस्तो टिप्पणीले रास्वपाको आन्तरिक अभ्यास र सार्वजनिक प्रतिबद्धतामाथि थप चर्चा सुरु भएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा

  • २०८३ बैशाख २७ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो ।  विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus