न्यूज ब्यूरो, सर्लाही । एभिन्युजकर्मी पत्रकार बखतियार अलिलाई गालीबेईजती र धमकी दिने डा. गुणेश्वर झा पक्राउ परेको छ ।
समाचार लेखेको विषयलाई लिएर स्तुती सौम्य हेल्थ केयर मलंगवा – १० का संचालक डा. गुणेश्वर झा पत्रकार अलिलाई पटक–पटक अभद्र व्यवहार, गालीबेईजती र धाक–धमकी दिदै आएको थियो । सोही बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीले मुद्धा दर्ता गरि पक्राउ गरेको प्रहरीले जनाएको छ । डा। झा यो भन्दा पहिला पनि राजनीतिक पहुचको उन्मादमा धेरै पत्रकारहरुलाई धाक–धमकी र अभद्र व्यवहार गर्दै आएको छ ।
पत्रकार अलिले गएको फागुन ५ गते डा। गुणेश्वर झाले संचालन गरेको स्तुती सौम्य हेल्थ केयर क्लिनिकमा सर्लाहीको बिष्णु गाँउपालिका ६ बस्ने दलित विपन्न परिवारका ३ महिने बालक अभि बैठाको उपचारको क्रममा डा. झाले संचालन गरेको क्लिनिकमा मृत्यु भएको थियो ।
बालक बैठाको मृत्यु भएपछि क्लिनिक संचालक डा. झाले मृतक बालकको आमाबुबालाई क्लिनिकको ६० हजार रुपैया बुझाउन बाध्य पारेर दिनभरि मृतक बालकको शव र उनका आमाबुबालाई डा। झाले बन्धक बनाएर राखेका थिए । सोही बिषयको जानकारी पाउन साथ पत्रकार अलिले क्लिनिकमा पुगेर घटना सम्बन्धी समाचार बनाएका थिए ।
त्यस पछि डा. झाले पत्रकार अलिलाई पटक–पटक समाचार हटाउन दबाब दिदै आएका थिए । सोसल मिडियाको माध्यमले अपशब्द प्रयोग गरि समेत गाली दिएको छ । त्यस्तै फोनबाट समेत पत्रकारलाई धम्कियाउने डरत्रास देखाउने कार्य हुन थालेपछि पत्रकार अलिले नेपाल पत्रकार महासंघलाई जानकारी गराएका थिए ।
पत्रकार महासंघलाई जानकारी गराएपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखा र मधेश प्रदेश कमिटीले संयुतm रुपमा प्रेस विज्ञप्ती निकाल्दै डा। झालाई हदै सम्मको कारवाहीको माग गरेको छ ।
कुनै समाचार प्रति चित नबुझे अदालत र प्रेस काउन्सिलमा उजुरी गर्ने संविधानिक व्यवस्था हुदाहुदै कुनै पत्रकारलाई समाचार लेखेकै कारण धाक–धमकी दिनु अभद्र व्यवहार गर्नु कदापी उचित नरहेको महासंघको ठहर छ ।
पुर्ण प्रेस स्वतन्त्रताको अधिकार नेपालको संविधानले सुनिश्चित गरेकोले कुनै पनि पत्रकारलाई समाचारको विषयलाई लिएर धाक–धमकी दिन नमिल्ने संविधानिक व्यवस्था रहेको नेपाल पत्रकार महासंघको विज्ञप्तीमा उल्लेख गरेको छ ।
मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा
- २०८३ जेठ ६ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी
पूरा पढ्नुहोस्


..jpeg)
