न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषा ले यातायात व्यवस्था कार्यालय जनकपुरधाम परिसरबाट तीन जना बिचौलियालाई पक्राउ गरेको छ।
सेवाग्राहीलाई कामकाजका क्रममा झन्झट तथा हैरानी दिने गरेको गुनासो र विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२ शिवचोक निवासी २२ वर्षीय अंकित कुमार साह, सर्लाहीको गोडैटा नगरपालिका–६ निवासी ३० वर्षीय चिन्टु कुमार सिंह तथा धनुषाधाम नगरपालिका–३ निवासी २१ वर्षीय राजेश साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषा का प्रहरी नायब उपरीक्षक गणेश बहादुर बलमे ले सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिने गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
पछिल्लो समय कार्यालयहरूमा हुने बिचौलियाको चलखेल नियन्त्रण गर्न प्रहरी र सम्बन्धित निकायले निगरानी बढाउँदै आएका छन्।
रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा
- २०८३ जेठ १ शुक्रबार
न्यूज ब्यूरो, रौतहट । रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा
पूरा पढ्नुहोस्




