काठमान्डौँमा वृद्ध यात्रुमाथि हातपात गर्ने बस कन्डक्टर पक्राउ !

२०८३ बैशाख २८ सोमबार
बेलुकी ७:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सार्वजनिक यातायातमा यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा ट्राफिक प्रहरीले एक सहचालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर साल्पासिलिचो गाउँपालिका–४ घर भई हाल काठमाडौंको सुकेधारा बस्दै आएका २६ वर्षीय कुशाङ्ग शेर्पा रहेका छन् । उनी बा ५ ख ६८४० नम्बरको यात्रुवाहक बसमा सहचालकका रूपमा कार्यरत थिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार वैशाख २६ गते ललितपुरको एकान्तकुना सडक खण्डमा भाडाको विषयमा यात्रुसँग विवाद हुँदा शेर्पाले अभद्र व्यवहार गर्नुका साथै हातपात गरेका थिए । घटनापछि सर्वसाधारणले विरोध जनाएका थिए ।

घटनाको जानकारी प्राप्त भएपछि ट्राफिक प्रहरीले शेर्पालाई नियन्त्रणमा लिएको जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सार्वजनिक यातायात क्षेत्रमा यात्रुमाथि हुने दुर्व्यवहार र अराजक गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइएको जनाएको छ । यात्रुको सुरक्षा, सम्मान र सहज आवतजावत सुनिश्चित गर्न यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने प्रहरीको भनाइ छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी

  • २०८३ बैशाख २८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus