न्यूज ब्यूरो, जनकपुर । प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy को आधिकारिक वितरक Vaidya Energy Pvt. Ltd. ले जनकपुरमा नयाँ ‘Ather Experience Center’ सञ्चालनमा ल्याएको छ। कम्पनीले सोमबार एक कार्यक्रमबीच जनकपुरको मिल्स एरियास्थित सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको जनाएको हो।
कम्पनीका अनुसार नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनसँगै नेपालभर अथरका १० वटा एक्सपिरियन्स सेन्टर पुगेका छन्। काठमाडौं उपत्यकामा ५ वटा तथा पोखरा, चितवन, इटहरी, बुटवल र जनकपुरमा शाखा सञ्चालनमा रहेका छन्। ग्राहकलाई बिक्रीपछिको सेवा सहज बनाउन देशभर ९ वटा आधिकारिक सर्भिस सेन्टरसमेत सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
जनकपुरस्थित सेन्टरमा अथरका ‘Ather 450 Series’ तथा पारिवारिक प्रयोगलाई लक्षित ‘Ather Rizta’ स्कुटर प्रदर्शनमा राखिएको छ। ग्राहकले स्कुटरको ‘live display’, ‘product demonstration’ तथा ‘test ride’ अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ‘Ather 450 Series’ मा Google Maps आधारित नेभिगेसन, AutoHold, Fall Safe, reverse mode, विभिन्न ride modes तथा touchscreen dashboard जस्ता स्मार्ट फिचर उपलब्ध छन्। त्यस्तै ‘Ather Rizta’ मा फराकिलो सिट, ठूलो स्टोरेज क्षमता, traction control, tow तथा theft alerts, dashboard मा WhatsApp notification लगायत सुविधा समावेश गरिएको छ।
कम्पनीले नेपालमा विद्युतीय सवारीको प्रयोग विस्तारसँगै ‘Ather Grid’ fast charging network पनि विस्तार गर्दै लगेको जनाएको छ। हाल ४० भन्दा बढी फास्ट चार्जिङ प्वाइन्टमार्फत प्रमुख सहर तथा राजमार्गमा चार्जिङ सेवा उपलब्ध रहेको कम्पनीको दाबी छ।
अथर नेपालका अनुसार ग्राहकका लागि सीमित अवधिको उद्घाटन अफरसमेत ल्याइएको छ। योजनाअन्तर्गत विस्तारित वारेन्टी, ० प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा अतिरिक्त एक्सचेन्ज बोनस उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड 'ATHER' अब जनकपुरमा, एक्सपिरियन्स सेन्टर सञ्चालन
- २०८३ बैशाख २८ सोमबार
न्यूज ब्यूरो, जनकपुर । प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy को आधिकारिक वितरक Vaidya Energy Pvt. Ltd. ले जनकपुरमा नयाँ ‘Ather Experience Center’ सञ्चालनमा ल्याएको छ। कम्पनीले सोमबार एक कार्यक्रमबीच जनकपुरको
पूरा पढ्नुहोस्









