धनुषाको मिथिलाबिहारीमा युवाहरुलाई हाउस वायरिँग तथा पलम्बर तालिम

२०८३ बैशाख २५ शुक्रबार
बेलुकी ७:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिलाबिहारी नगरपालिकाले नगरभित्रका युवायुवतिहरुलाई लक्षित गरी हाउस वायरिँग तथा पलम्बर तालिम दिएको हो । 

मिथिलाबिहारी नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउन उनीहरुको मागलाई सम्बोधन गरी नगरभित्रका ३० जना युवाहरुलाई तालिम दिएको हो । बैशाख ११ गतेदेखि सँचालन भएको तालिम बैशाख २५ गतेसम्म चलेको आयोजकले जनाएको छ । 

तालिममा युवाहरुलाई हाउस वायरिँग गर्ने र पलम्बर फिटिँग सम्बन्धी १५ दिने तालिम दिएको हो । नगर उपप्रमुख शोभा देवी साहको विशेष पहल र समाजिक विकास समितिको सक्रियतामा नगरपालिकाको वडा नं. ५ ललियास्थित तालिम सँचालन गरेको थियो । 

तालिम प्राप्तपछि युवाहरुले स्वरोजगार हुने, कमाएर खान सक्ने, वैदेशिक रोजागरीमा गएपनि सीप पाउन सक्ने उपप्रमुख साहले बताईन् । उनले वडा नं. ५ लाई लक्षित गरी तालिम राखिएकोमा यहाँका युवाहरुले देखाएको सक्रियताप्रति कृतज्ञता प्रकट गरिन् । 

तालिमपछि अब गाउँ घरमा हुने वायरिँग र पलम्बरको आवश्यतालाई सहजै समाधान गरी स्वरोजगार हुने धारणा सहभागीहरुले राखे । उनीहरुले नगरपालिकाको कर्मचारी र जनप्रतिनीधिलाई तालिमको लागि धन्यवाद दिए । 

समापन कार्यक्रममा सहभागीहरुलाई १५ दिने तालिमको लागि प्रमाणपत्र समेत प्रदान गरिएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८३ बैशाख २५ शुक्रबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus