कमला नगरपालिकाकी उपमेयर 'शिलादेवी' घर छाडेर फरार, प्रहरी खोज्दै !

२०८३ बैशाख २८ सोमबार
बेलुकी ६:३८ बजे
न्यूज ब्यूरो, डेस्क
तस्विरः उपमेयरको फेसबुकबाट, दायाँको फोटोमा साँकेतिक तस्विर प्रयोग

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवमाथि चप्पल प्रहार गरेको आरोप लागेकी उपमेयर शिलादेवी मण्डल फरार भएकी छन् । 

गत बैशाख २४ गते कार्यपालिकाको बैठक क्रममा उपमेयर शिला देवी मण्डलले मेयर विशेश्वर प्रसाद यादवलाई चप्पल प्रहार गरेको घटनामा मुद्दा दर्ता भएपछि उनी फरार भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा गत बैशाख २५ गते नगर प्रमुख यादवले अभद्र व्यवहारको मुद्दा दर्ता गराएपछि उनी फरार भएकी हुन् । अभद्र व्यवहार मुद्दा दर्ता भएपछि उनी पहिलो पटक एक भिडियोमा आफूमाथि मेयरले कुटपिट गरेको आरोप लगाउँदै सम्पर्कविहिन भएकी हुन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता गणेश बहादुर बमले उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ता भई पक्राउ पूर्जी समेत जारी भएकोको पुष्टि गरे । उनले उपमेयर मण्डल बिहानैदेखि मोबाईल स्वीच अफ गरेर फरार रहेको बताए । उनले सम्पर्कविहिन भएपनि प्रहरीले खोजतलास तीव्र बनाएको बताए । 

उपमेयर मण्डलको अधिकारीक मोबाईल नम्बर ९८५४०२३१०२ मा सम्पर्क गर्दा समाचार तयार पारेसम्म उनको मोबाईल स्वीच अफ आयो । 

यता, प्रहरीले उनको खोजतलास विभिन्न तरिकाबाट जारी राखेको स्रोतले जनाएको छ । 

गत बैशाख २४ गते कमला नगरपालिकको कार्यपालिका बैठकमा उपमेयर मण्डलले मेयर यादवमाथि चप्पल प्रहार गरेको आरोप छ । यद्यपी उपमेयर मण्डलले हात उठाएको र चप्पल प्रहार नगरेको बताएकी थिइन् । उपस्थित कार्यपालिका सदस्यहरुले समेत उपमेयरले चप्पल प्रहार गरेको बताएका हुन् । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सोनम सोनालीको ठगी धन्दाः लाईसेन्सबिनै छाला परीक्षण र औषधिजन्य सामग्री सिफारिस

  • २०८३ बैशाख २८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिका–८ धारापानीमा सञ्चालनमा रहेको ‘सोनम सोनाली ब्यूटी पार्लर’ ले सम्बन्धित अध्ययन, तालिम तथा इजाजतपत्र (लाईसेन्स) बिना नै ग्राहकको छाला परीक्षण (स्किन चेकअप) गर्दै आएको पाइएको

पूरा पढ्नुहोस्

Bureau Menus