न्यूज ब्यूरो, जनकपुरधाम । ३५ वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरेको सरकारले हेल्थ असिस्टेन्ट ९एचए०, सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्ण रूपमा उपेक्षा गरेको भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
सरकारले स्वास्थ्य सेवातर्फ ९ सय ७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञ दरबन्दी थप गर्ने निर्णय गरे पनि आधारभूत तहमा कार्यरत एचए, सीएमए र ल्याब समूहलाई समावेश नगरेको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
यसैक्रममा शनिबार जनकपुरधामस्थित जनकचोकमा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता को पुतला दहन गर्दै प्रदर्शन गरेका छन् ।
विरोध कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी नवेश अधिकारीले साढे तीन दशकपछि स्वास्थ्य क्षेत्रमा दरबन्दी थप हुनु सकारात्मक भए पनि एचए, सीएमए र ल्याब समूहको दरबन्दी शून्य राखिनु अन्यायपूर्ण भएको बताए । उनले सरकारले मेडिकल माफियाको प्रभावमा परेर विभेदकारी निर्णय गरेको आरोप लगाए ।
‘स्वास्थ्य सेवाको आधारभूत तहमा काम गर्ने जनशक्तिलाई नै बेवास्ता गरिएको छ,’ उनले भने, ‘सरकारले तत्काल निर्णय सच्याएर हाम्रो माग सम्बोधन नगरे वैशाख २८ गतेदेखि काठमाडौं केन्द्रित सशक्त आन्दोलन सुरु गर्छौं ।’
सरकारले दुई दिनअघि स्वास्थ्य क्षेत्रमा नयाँ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव सार्वजनिक गरेको थियो । उक्त प्रस्तावलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिइसकेको छ ।
तर, सीमित समूहलाई मात्रै समेटिएको भन्दै आधारभूत स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मीले आफूहरूमाथि विभेद भएको आरोप लगाएका छन् ।
जनकपुरको कृष्णा अस्पतालमा महिलाको मृत्यू, अस्पतालमा तोडफोडपछि १ लाखमा सहमति
- २०८३ बैशाख २६ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटल मा शल्यक्रियापछि एक महिलाको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका छन्। घटनापछि अस्पताल परिसर केहीबेर तनावग्रस्त बनेको थियो भने
पूरा पढ्नुहोस्



