महिलाको पाठेघर र स्तनसम्बन्धी समस्या देखिएपछि जनकपुरको रुपैठामा निःशुल्क शिविर

२०८३ बैशाख २८ सोमबार
रति ९:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषामा महिलामा पाठेघर र स्तनसम्बन्धी समस्या बढ्दो देखिएपछि जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा स्वास्थ्य परीक्षण गराएका अधिकांश महिलामा पाठेघर तथा स्तनसम्बन्धी समस्या देखिएको चिकित्सकहरूले बताएका छन् ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा सोमबार सम्पन्न शिविरमा २ सय ५० भन्दा बढी महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरको नेतृत्व गरेका भक्तपुर क्यान्सर अस्पतालका परामर्शदाता चिकित्सक प्रमोदराज ढकालका अनुसार परीक्षणका क्रममा अधिकांश महिलामा पाठेघर र स्तनसम्बन्धी समस्या देखिएको पाइएको हो ।

उनका अनुसार परीक्षण गराएकामध्ये ७ महिलामा क्यान्सरको आशंकासमेत देखिएको छ । ती महिलाको थप उपचार निःशुल्क रूपमा गरिने उनले बताए ।

पूर्व प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोले जनकपुरधाम क्षेत्रमा यस प्रकारको निःशुल्क स्वास्थ्य शिविर पहिलो पटक आयोजना गरिएको बताइन् । उनका अनुसार शिविर विशेषगरी पछाडि पारिएका समुदायका महिलालाई लक्षित गरेर सञ्चालन गरिएको हो ।

महिलामा पाठेघर तथा स्तनसम्बन्धी समस्या बढ्दै गएको गुनासो आएपछि करिब एक वर्षको पहलपछि शिविर आयोजना गरिएको महतोले बताइन् ।

शिविरमा संलग्न चिकित्सकहरूले बालविवाह, महिनावारीका बेला उचित सरसफाइ र स्याहारको अभाव तथा स्वास्थ्य सचेतनाको कमीका कारण महिलामा पाठेघरसम्बन्धी समस्या बढी देखिने गरेको बताएका छन् ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

प्राविधिक स्वास्थ्यकर्मीको दरबन्दी विवाद : क्षेत्राधिकार नबुझ्दा आन्दोलन

  • २०८३ बैशाख २८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  संघीय सरकारले हालै सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रको दरबन्दी सूचीमा केही प्राविधिक पद समावेश नभएको विषयलाई लिएर मधेश प्रदेशसहित विभिन्न स्थानमा विरोध सुरु भएको छ । तर,

पूरा पढ्नुहोस्

Bureau Menus