केपी ओली नै एमालेको नेतृत्व गर्नुहुन्छ, उहाँकै प्रस्ताव पारित भएः महेश बस्नेत

२०८३ जेठ ११ सोमबार
बिहान ०८:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।  नेकपा एमालेका सचिव महेश बस्नेतलेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै नेतृत्वमा निरन्तरता दिने कुराको विपक्षमा सचिवालयका अधिकांश सदस्यहरू रहेको कुरामा सत्यता नरहेको दाबी गरेका छन् ।

आइतबार पार्टी अध्यक्ष ओलीकै निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनका अनुसार, तीन दिनसम्म लगातार बसेका सचिवालय बैठकमा ओलीले नै प्रस्तुत गरेका सबै प्रस्तावहरू पारित भएका छन् ।

‘बाहिर जुन ढंगले मिडियाबाजी भए, अध्यक्षज्यूलाई बिदा गरिंदैन, राजीनामा मागिंदैछ, अध्यक्षको पक्षमा कमजोर संख्या छन् भनेर भ्रामक प्रचार गरिएका थिए, त्यो सबै गलत भनेर भनिरहेकै थियौं,’ बस्नेतले भने, ‘आज अध्यक्षज्यूले जे प्रस्ताव गर्नुभयो त्यही नै पारित भयो ।’

ओलीले नै प्रस्ताव गरे अनुसार, विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएको पनि उनले बताए ।

राष्ट्रपति भएको ८ वर्षको समयलाई स्वीकार नगर्नेगरी भण्डारीको ०३४ सालदेखिकै पार्टी सदस्यता नवीकरण भएको उनको भनाइ छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८३ जेठ ११ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus