शेरबहादुर र आरजुलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

२०८३ जेठ ११ सोमबार
बेलुकी ६:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।  सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जी अनुरूप पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।

फक्राउ रोक्न देउवाले वारेशमार्फत दायर गरेको रिटमा सुनुवाइ सकिएपछि सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो ।

सोमबार ९जेठ ११० मा सरकार र रिट निवेदकबीच भएको छलफलपछि सर्वोच्चले मागबमोजिम अन्तरिम आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएपछि क्षेत्राधिकारको प्रश्न उठाउँदै देउवा सर्वोच्च पुगेका थिए । जिल्ला अदालतलाई पक्राउका लागि अनुमति दिने क्षेत्राधिकार नभएको दाबी रिटमा गरिएको छ ।

यसअघि सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले अघिल्लो साता पक्राउ पुर्जी प्रकरणमा अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि दुबै पक्षलाई छलफलमा झिकाएको थियो ।

देउवाले  अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउँदै पक्राउ गर्नुपर्ने अवस्था नरहेको अवस्था समेत रिटमा दर्शाएका थिए । चुनावअघि हङकङ गएका देउवा दम्पती अझै नेपाल फर्किएका छैनन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मदरसाको गतिविधिमा निगरानी राखेर नेपालको हिन्दु–मुस्लिम विवाद समाधान गर्न सकिन्छ

  • २०८३ जेठ ११ सोमबार

हालै मधेश प्रदेशका धनुषा र आसपासका क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक तनाव बढेको समाचारले समग्र नेपाली समाजका लागि चिन्ताको विषय प्रस्तुत गरेको छ। टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा धार्मिक संवेदनशील विषयलाई लिएर

पूरा पढ्नुहोस्

Bureau Menus