न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पर्यटन विकास मन्त्री कनिश पटेलको कडा निर्देशनपछि रौतहट र सर्लाही जिल्लामा सञ्चालित विकास निर्माणका योजनाहरूको अनुगमन तथा चेकजाँचमा व्यापक कडाइ गरिएको छ।
मन्त्रालयको निर्देशनलाई कार्यान्वयन गर्दै पर्यटन विकास कार्यालय रौतहट, गौरका प्रमुख एवं उप(सचिव बबिता जयसवाल र इन्जिनियर विधानन्द यादव सहितको प्राविधिक टोली आफैँ निर्माण स्थल (मैदान) मा उत्रिएर तीव्र अनुगमनमा खटिएका हुन् ।
पर्यटन विकास मन्त्री कनिश पटेलले विकास योजनाहरूमा कुनै पनि बहानामा सम्झौता नगर्न र कामको पूर्ण गुणस्तर कायम गराउन निर्देशन दिएलगत्तै टोली सक्रिय भएको हो। टोलीले रौतहट र सर्लाही जिल्लाका विभिन्न स्थानमा सञ्चालित योजनाहरूको धमाधम अनुगमन गरिरहेको छ।
अनुगमनका क्रममा प्राविधिक मापदण्ड विपरित वा कमसल हुन खोजेका कार्यहरूलाई तत्काल रोक्न लगाइएको इन्जिनियर विधानन्द यादवले बताएका छन् ।
मन्त्री ज्युको निर्देशन आएको छ, गुणस्तरीय काम मात्र अगाडि बढाउन निर्माण व्यवसायी तथा उपभोक्ता समितिलाई कडा निर्देशन दिइरहेका छौ,लापरबाही गर्ने कसैलाई छुट नभएको यादवको भनाई छ।
पर्यटन विकास कार्यालयका प्रमुख उप(सचिव बबिता जयसवालका अनुसार सरकारी बजेटको सही सदुपयोग होस् र निर्माण कार्य दिगो रहोस् भन्ने उद्देश्यका साथ प्राविधिक मापदण्ड अनुसार मात्र काम गराउन विशेष निगरानी बढाइएको बताईन।
कार्यालय प्रमुख जयसवालले भनिन् “विकास निर्माणमा हुने कुनै पनि किसिमको लापरवाहीलाई नियन्त्रण गर्दै समयमै र गुणस्तरीय काम सम्पन्न गराउन हाम्रो अनुगमन टोलीले निरन्तर निगरानी राख्नेछ। मापदण्ड नपुर्याई गरिने कामलाई कुनै पनि हालतमा स्वीकार गरिने छैन।” भुक्तानी रोकिन्छ।
मन्त्रीको निर्देशन र कार्यालय प्रमुखको सक्रियतापछि दुवै जिल्लामा सञ्चालित पर्यटन पूर्वाधार तथा विकास निर्माणका कामहरूमा सुशासन र गुणस्तर कायम हुने विश्वास स्थानीय स्तरमा बढेको छ।
मदरसाको गतिविधिमा निगरानी राखेर नेपालको हिन्दु–मुस्लिम विवाद समाधान गर्न सकिन्छ
- २०८३ जेठ २२ शुक्रबार
हालै मधेश प्रदेशका धनुषा र आसपासका क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक तनाव बढेको समाचारले समग्र नेपाली समाजका लागि चिन्ताको विषय प्रस्तुत गरेको छ। टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा धार्मिक संवेदनशील विषयलाई लिएर
पूरा पढ्नुहोस्
.jpeg)

