'धनुषाको सबै पत्रकारलाई हेरिसकेछु, अब तिमीलाई पनि तह लगाउँछु' भन्दै पत्रकारलाई हेडमास्टर पवन मण्डलले दिए धम्की

२०८३ जेठ २० बुधबार
बिहान ०८:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता नमुना मावि गिद्धाबेलापट्टिका हेडमास्टर (प्रधानाध्यापक) पवन मण्डलले पत्रकारलाई तह लगाउने धम्की दिएका छन् । उनले फोन मार्फत न्यूज ब्यूरोका सम्पादक काशिन्द्र कुमार शर्मालाई अप्रत्यक्ष रुपमा तह लगाउने धम्की दिएका हुन् । 

विद्यालयको बारेमा समाचार लेखेको भन्दै प्रधानाध्यापक मण्डलले पत्रकार शर्मालाई फोन गरी तथानाम गालीगलौच गर्दै तह लगाउने धम्की दिएका हुन् । उनले पटक पटक स्कूलको बारेमा समाचार प्रकाशन गरेको भन्दै तह लगाउने धम्की फोन मार्फत दिएका हुन् । 

विद्यालयभित्र सँचालनमा रहेको कोचिँगको सन्दर्भमा विदेह नगरपालिकाका केही युवकहरुले अतिरिक्त कक्षाको नाममा शुल्क लिएर पठन पाठन गराएको भन्दै विद्यालयभित्र निःशुल्क पढाउनुपर्ने माग राख्दै नगरपालिकामा बुझाएको उजुरीको सन्दर्भमा समाचार लेखेपछि हेडमास्टर मण्डलले तह लगाईदिने धम्की दिएका हुन् । 

उनले भने, –“मसँगको दुश्मनी भारी पर्छ, धनुषाको सबै पत्रकारलाई हेरिसकेको छु, अब तिमिलाई पनि हेरिहाल्छ, एकतर्फा दुश्मनी गर्न खोजेको नि ? तिमीलाई हेरिहाल्छु । (सबै कल रेकर्डिँग सुरक्षित राखिएको छ ।)

  • 0%
  • 0%
  • 20%
  • 40%
  • 0%
  • 40%

बलिवुड अभिनेता 'शक्ति कपूरको मृत्यू' को झूठा अफवाह समाजिक सँजालमा भाईरल, के भने शक्ति कपूर ?

  • २०८३ जेठ २० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । बलिउड अभिनेता शक्ति कपुरको मृत्यु भएको भन्ने अफवाह सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । फेसबुक, एक्स (ट्विटर), युट्युब र विभिन्न अनलाइन प्लेटफर्ममा “शक्ति कपुरको निधन”,

पूरा पढ्नुहोस्

Bureau Menus