जनकपुरको भोयल स्कूलमा हेडमास्टर राउतमाथि ८ लाख रुपैयाँ अनियमितताको आरोप, स्थानीयहरु चरणवद्ध आन्दोलित

२०८३ असार २५ बिहीबार
बिहान ०७:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोयलस्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा आर्थिक अनियमितताको आरोप लागेको छ ।

विद्यालयका प्रधानाध्यापक वृहमोहन राउतले करिब ८ लाख रुपैयाँ अनियमितता गरेको आरोप लगाइएको हो । स्थानीयहरुका अनुसार, हेडमास्टर राउतले फर्जी बिलहरु पेश गरी लाखौँ रुपैयाँ अनियमितता गरेको आरोप लगाएका हुन् । 

२०७९ सालदेखिकै हरहिसाब माग गर्दै आएका स्थानीयहरुलाई हेडमास्टर राउतले आजभोली भन्दै हिसाब नदेखाएपछि शंका उत्पन्न भएको जनाइएको छ । 

यस सन्दर्भमा हेडमास्टर राउतले भने आफू कुनै पनि अनियमितता गरेको पाइए जनकारवाही भोग्न तयार रहेको बताए । उनले यसअघिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश मण्डललाई सरकारले हटाएपछि प्रतिशोध स्वरुप गलत आरोप लगाएको राउतको दाबी छ । 

यता, रमेश मण्डलले भने विगतदेखि नै हरहिसाब मागेको दाबी गर्दै आफू व्यवस्थापन समितिको अध्यक्ष हुँदा पनि आफ्नो नाममा बैँक खाता नरहेको औल्याएँ । उनले हेडमास्टर राउतले लाखौँ रुपैयाँ अनियमितता गरेको प्रमाणहरु रहेको बताए । आज बिहान ८ बजे छलफल बोलाइएको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी

  • २०८३ असार २५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus