न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या भुजेल सवार सरकारी गाडी धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा एम्बुलेन्ससँग ठोक्किँदा उपमेयरसहित ८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः२० बजे बडहरीबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा उपमेयर विद्या भुजेल, सरकारी गाडी चालक धनुषाधाम नगरपालिका–८ का ५० वर्षीय बद्री भुजेल तथा सोही गाडीमा सवार ७० वर्षीय भीमराज भुजेल घाइते भएका छन्। तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
एम्बुलेन्स चालक मिथिला नगरपालिका–१ का ४९ वर्षीय दिपेन्द्र कुमार महतो, महोत्तरीको गौशाला नगरपालिका–५ का ४५ वर्षीय बसन्त कुमार सिंह, ४० वर्षीया रेणु कुमारी महतो, मिथिला नगरपालिका–९ की ६० वर्षीया राजु देवी र ६५ वर्षीय लक्ष्मी महतो पनि दुर्घटनामा घाइते भएका छन्। घाइतेमध्ये रेणु कुमारी महतोको अवस्था मध्यम रहेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। राजु देवी पहिलेदेखि नै पक्षघात (प्यारालाइसिस) की बिरामी रहेको खुलेको छ।
दुर्घटनापछि सबै घाइतेलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया पठाइएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'
- २०८३ असार २८ आइतबार
जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,
पूरा पढ्नुहोस्


