आजदेखि खाना पकाउने ग्यासँको १४.२ किलोको फुल सिलिण्डर बजारमा उपलब्ध हुने

२०८३ असार ३१ बुधबार
बिहान ०६:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो,  काठमाडौं । नेपाल आयल निगम लिमिटेडले एल.पी. ग्यासको आपूर्ति, वितरण र बिक्री व्यवस्थामा केही महत्वपूर्ण परिवर्तन गरेको जनाएको छ। निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको जानकारी दिएको हो।

निगमका अनुसार हालको आपूर्ति अवस्थालाई मध्यनजर गर्दै २०८२ मंसिर २९ गतेदेखि लागू गरिएको ७.१ केजी एल.पी. ग्यास सिलिन्डर भरी बिक्री वितरण गर्ने व्यवस्था गरिएको जनाएको छ । 

त्यस्तै, इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने लोडिङको अवस्थामा सुधार आएको र १४.२ केजी ग्यास सिलिन्डरको माग उच्च रहेको अवस्थालाई ध्यानमा राख्दै २०८३ असार ३१ गतेदेखि देशभर १४।२ केजीको सिलिन्डरमा पुनः ग्यास भरी बिक्री वितरण गरिने निगमले जनाएको छ। उक्त सिलिन्डरको मूल्य प्रतिगोटा दुई हजार ६० रुपैयाँ कायम गरिएको छ।

निगमले केही समयका लागि ७.१ केजी सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नहुने स्पष्ट गर्दै बजारमा ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर बिक्री वितरण हुन सक्ने जनाएको छ। उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र तोकिएको मूल्य यकिन गरेर मात्र खरिद गर्न पनि आग्रह गरिएको छ।

यस्तै, इन्डियन आयल कर्पोरेसनबाट नियमित रूपमा एल.पी. ग्यास आयात भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न निगमले सर्वसाधारणसँग अनुरोध गरेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषामै जनकनन्दिनी गाउँपालिकाले गरे ट्रयाक्टरबाट खेताई जोताइको दर रेट निर्धारण, प्रतिघण्टा कति ?

  • २०८३ असार ३१ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामै पहिलो जनकनन्दिनी गाउँपालिकाले किसानहरुको सुविधाको लागि खेत जोताईको शुल्क निर्धारण गरेको छ ।  गाउँपालिकाले मँगलबार एक सूचना जारी गर्दै किसानहरुबाट ट्रयाक्टर धनीहरुले मनपरी असुली गरेको गुनासो

पूरा पढ्नुहोस्

Bureau Menus