न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामै पहिलो जनकनन्दिनी गाउँपालिकाले किसानहरुको सुविधाको लागि खेत जोताईको शुल्क निर्धारण गरेको छ ।
गाउँपालिकाले मँगलबार एक सूचना जारी गर्दै किसानहरुबाट ट्रयाक्टर धनीहरुले मनपरी असुली गरेको गुनासो आएपछि गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, उपाध्यक्ष कमला सहगल र प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शर्मासहितको सँयुक्त बैठकबाट शुल्क निर्धारण गरिएको हो ।
सूचना अनुसार नीजि ट्रयाक्टर धनीले किसानलाई फारबाट खेत जोत्दा प्रतिघण्टा रु. १६०० रुपैयाँ मात्र लिन पाउने व्यवस्था गरेको हो । यस्तै, रोटाभेटरबाट खेत जोतेको खण्डमा अधिकत्तम रु. २१०० रुपैयाँ लिन पाउने व्यवस्था गरेको हो ।
किसानहरुलाई उत्पादन लागत अधिक हुन थालेपछि सहजताको लागि सो अधिकत्तम दररेट निर्धारण गरिएको हो ।

यस्तै, गाउँपालिकाको ट्रयाक्टरबाट रोटाभेटरले जोताई गराएमा अधिकत्तम रु. १८०० रुपैयाँ निर्धारण गरिएको हो । यो नीजिभन्दा प्रति घण्टा रु. ३०० ले कम गरिएको बताईएको छ । यस्तै, गाउँपालिकामा रहेको ब्याक हो लोडर भाडामा लिनुपरे प्रति घण्टा रु. २००० रुपैयाँ निर्धारण गरिएको हो ।
एम्बुलेन्स तोकिएको दर अनुसार उपलब्ध हुने जनाइएको छ भने जनकनन्दिनी गाउँपालिकाभरिका गर्भवति महिलाहरुलाई घरबाट बर्थिँग सेन्टरसम्म निशुल्क तथा बर्थिँग सेन्टरबाट जनकपुरसम्म रिफर गरेमा समेत निःशुल्क रहेको उल्लेख सूचनामा गरिएको हो ।
गाउँपालिकाले आजदेखि लागू हुने गरी तोकिएको दर रेटभन्दा अधिक रकम मागेमा वा लिएमा गाउँपालिकामा उजुरी गर्न सकिने जनाएको छ । उजुरीको आधारमा कारवाही प्रक्रिया अगाडी बढने जनाइएको हो ।
जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए
- २०८३ असार ३१ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,
पूरा पढ्नुहोस्


