जनकनन्दिनी गाउँपालिकाद्वारा किसानलाई खेतको माटो जाँच गराउन अपिल

२०८३ जेठ ८ शुक्रबार
बिहान १०:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकनन्दिनी गाउँपालिकाले कृषकहरूका लागि माटो परीक्षण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाभरिका किसानलाई खेतको माटो परीक्षण गराउन सार्वजनिक सूचना जारी गरिएको हो ।

गाउँपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत माटो जाँच तथा परीक्षण सुधार कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार आफ्नो खेतबारीको माटो परीक्षण गराउन इच्छुक पालिकाभित्रका कृषक, कृषक समूह तथा कृषि सहकारीहरूले आवश्यक विवरणसहित माटोको नमुना कृषि शाखामा बुझाउनुपर्नेछ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा नमुना दर्ता गर्न आग्रह गरिएको छ।

माटोको नमुनासँग अनिवार्य रूपमा कृषकको नाम, थर, ठेगाना, सम्पर्क नम्बर तथा यसअघि लगाइएको बाली र अब लगाउन चाहेको बालीको नाम उल्लेख गर्नुपर्ने जनाइएको छ।

कृषि विकास शाखाका अनुसार माटो परीक्षणपछि कृषकहरूले आफ्नो खेतको उर्वराशक्ति, आवश्यक मलखाद तथा उपयुक्त बालीबारे वैज्ञानिक जानकारी प्राप्त गर्नेछन्। यसले उत्पादन वृद्धि तथा माटोको दीर्घकालीन संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

थप जानकारीका लागि गाउँपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ। माटोको सैम्पल जेठ २० गतेभित्र कार्यालयमा जम्मा गर्न भनिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८३ जेठ ८ शुक्रबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus