मोदीको इन्स्टाग्राम भिडियो भाइरल, जेनजी सम्बोधन गरेको भिडियोको २४ घण्टामै विश्व रेकर्ड

२०८३ श्रावण ९ शनिबार
बेलुकी ६:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा सार्वजनिक गरेको एउटा सेल्फी शैलीको भिडियो विश्वभर चर्चाको विषय बनेको छ । परीक्षा प्रश्नपत्र चुहावट रोक्न सरकारले चालेका कदमबारे युवासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सार्वजनिक गरिएको उक्त भिडियोले पहिलो २४ घण्टामै ३० करोडभन्दा बढी पटक हेरिएको दाबी गरिएको छ । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त भिडियोले पहिलो २४ घण्टाभित्र करिब ३० करोड ३० लाखदेखि ३० करोड ८० लाखसम्म भ्यु प्राप्त गर्दै इन्स्टाग्राम रिल्सको इतिहासमै सबैभन्दा धेरै हेरिएको भिडियोको कीर्तिमान कायम गरेको दाबी गरिएको छ । यसअघि लोकप्रिय स्ट्रिमर आईशोस्पिडको भिडियोले करिब ३० करोड भ्युको रेकर्ड बनाएको बताइएको थियो । 

भिडियो सार्वजनिक भएपछि मोदीको इन्स्टाग्राम खातामा एकै रातमा करिब १० लाख नयाँ फलोअर थपिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हाल उनको इन्स्टाग्राममा १० करोडभन्दा बढी फलोअर पुगेका छन् । 

रेकर्ड बनेको भनिएको भिडियोमा मोदीले प्रश्नपत्र चुहावट रोक्न सरकार प्रतिबद्ध रहेको, परीक्षा प्रणालीलाई अझ विश्वसनीय बनाइने तथा युवाका सुझावलाई सरकारले गम्भीरतापूर्वक लिने सन्देश दिएका छन् । भिडियो भाइरल भएपछि उनले अर्को भिडियोमार्फत सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन् । ९ृत्जभ 

यद्यपि, यो उपलब्धिलाई हालसम्म गिनिज वर्ल्ड रेकर्डले औपचारिक रूपमा प्रमाणित वा घोषणा गरेको छैन । यो दाबी इन्स्टाग्राम रिल्सको पहिलो २४ घण्टाको भ्युका आधारमा विभिन्न भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक तथ्यांकमा आधारित रहेको बताइएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus