न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा जारी कर्फ्यू आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार बिहान १० बजेदेखि कर्फ्यू हटाउँदै सोही क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार कर्फ्यू हटाइएको जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले यसअघि बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको थियो ।
जारी सूचनाअनुसार कर्फ्यू हटेसँगै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा लागू क्षेत्रमा एकै स्थानमा पाँचजनाभन्दा बढी मानिस जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ ।
प्रशासनले निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

निषेधाज्ञा लागू हुने क्षेत्र
उत्तर — लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया गाउँपालिका–७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म, पूर्वमा लक्ष्मीपुर बगेवासम्म ।
पूर्व — बेलौनी रोड, एम.क्यू. स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प, हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म ।
दक्षिण — नगराइन नगरपालिकादेखि नगराइन चोकसम्म ।
पश्चिम — सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल, बेला हुँदै कादरी मस्जिदसम्म ।
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लामा शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न निषेधाज्ञा जारी गरिएको हो । कार्यालयको आधिकारिक विवरणमा प्रेमप्रसाद लुइँटेल प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहेको उल्लेख छ ।
सम्पादकीयः एउटा शब्दको भूल, समाजमा ठूलो असर, संयमित बनौँ
- २०८३ श्रावण १६ शनिबार
पत्रकारिताको पहिलो धर्म सत्य हो । सत्यको खोजी, तथ्यको पुष्टि र जिम्मेवार प्रस्तुति पत्रकारिताका आधारभूत मान्यता हुन् । तर कहिलेकाहीँ हतार, अपूर्ण सूचना वा स्रोतको भनाइमा निर्भर हुँदा समाचारमा त्रुटि
पूरा पढ्नुहोस्


