धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट नेपाल लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी

२०८३ श्रावण १६ शनिबार
रति ८:१६ बजे
न्यूज ब्यूरो, डेस्क

शम्भु पण्डित ,जनकपुरधाम । तराईका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिवार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता शुरु गरेका छन् । 

गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी समूहका प्रतिनिधिहरूसँग छलफल अगाडि बढाएको हो ।

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो । सोही क्रममा सिरहामा हिन्दु र मुस्लिम समुदायबीचको विवादले उग्र रूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक जना युवाको ज्यान गएको थियो । 

आन्दोलनलाई शान्त पार्न र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ यतिबेला तराई भ्रमणमा रहेका छन् । वार्ताका माध्यमबाट केही स्थानको माहोल क्रमिक रूपमा शान्तिपूर्ण बन्दै गएको छ । 

प्रशासनले केही जिल्लाहरूबाट कफ्र्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन । सरकारले वार्ता र संवादका माध्यमबाटै सामाजिक सद्भाव कायम राख्दै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको बुझिएको छ ।

सरकारले जनकपुरमा आन्दोलनरत पक्षसँग दोस्रो चरणको वार्ता सुरु गरेको छ । वार्तामा तीनै सरकारको प्रतिनिधि रहेका छन् ।

गृहमन्त्री सुधन गुरुङ, मधेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादव, मधेशका अर्थमन्त्री युवाराज भट्टराई, गृहमन्त्री फकिरा महतो, रास्वपा सांसद मनिष झा लगायत वार्तामा सहभागी छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८३ श्रावण १६ शनिबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus