न्यूज ब्युरो, रौतहट । सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का स्थानीय नेता रविन्द्र यादव पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको पुष्टि गरे ।
प्रहरीका अनुसार यादवमाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
रास्वपा (घण्टी) का नेता साहको घरमा प्रहरीको छापामारी, मोबाईलका मँहगा पार्टसहरु बरामद
- २०८३ श्रावण २७ बुधबार
न्यूज ब्यूरो, गौर । रौतहटको गौर नगरपालिका–४ टिकुलियास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेतासँग सम्बन्धित घरबाट ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्टपुर्जा तथा अन्य सामग्री बरामद भएको छ । सशस्त्र
पूरा पढ्नुहोस्


