न्यूज ब्युरो, जनकपुरधाम । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ५ ललियास्थित रहेको माध्यमिक विद्यालय ललियामा अध्ययन अध्ययापन गराउँदै आएका एक शिक्षकको अवकाशपछि अनौठो तवरले विदाई गरिएको छ ।
अनिवार्य अवकाश प्राप्तपछि विद्यालयमा विदाई समारोह राख्दै शिक्षकहरुले उनको विदाईमा भावुक बने । विद्यालयमा १० बर्ष सेवा गरेका महोत्तरी पिपरा गाउँपालिका वडा नं. १ एकरहिया निवासी शिक्षक लालबाबु दासलाई शिक्षक शिक्षिका तथा कर्मचारीहरुले घरसम्म (अरियात) स्वागतसहित विदाई गरिएको हो ।

सो विद्यालयमा कार्यरत शिक्षकहरुले विदाई कार्यक्रमको आयोजना गरी उनलाई भव्य रुपमा बिदाई गर्दै मोटरसाईकलबाट उनको आफ्नो नीजि घरसम्म पुरयाइदिएका हुन् ।
प्राथमिक तहका शिक्षक दासले विद्यालयमा १० बर्षसम्म बालबालिकाहरुको भविष्य निर्माणमा अहम भूमिका खेलेको तथा शिक्षकहरुसँग १० बर्ष आत्मियता गाँसेको भन्दै सार्वजनिक विदामा उनलाई विद्यालयबाट विदाई कार्यक्रमको आयोजन गरी घरसम्म नै पुरयाउन गएका थिए । शिक्षक शिक्षिकाहरु समेत उनको घरसम्म उनलाई मोटरसाईकलमा बसाएर पुरयाएको प्रअ अजय कुमार यादवले जानकारी दिए ।
मिथिलाबिहारी वडा नं. ५ का वडाध्यक्ष सुरेन्द्र मण्डलको अध्यक्षता तथा प्रअ यादवको विशेष सक्रियतामा उनको विदाई कार्यक्रम गरिएको थियो । प्रअ यादवको अगुवाईमा शिक्षक दासलाई घरसम्म पुरयाइएको जनाईएको छ ।
दुई रात घनघोर जंगलमा हराएका अढाई बर्षिय सिवान सकुशल भेटिए, झाडीभित्रै जीवनसँग लडिरहेका थिए बालक
- २०८३ भदौ ३ बुधबार
न्यूज ब्यूरो, नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरमा दुई दिनदेखि हराइरहेका साढे २ वर्षका बालक सिवान तामाङ अन्ततः सकुशल फेला परेका छन् । घरबाट हराएको दुई रातपछि बिहीबार बिहान घनघोर
पूरा पढ्नुहोस्


