धनुषाको जनकनन्दिनीमा सुधारिएको चुलो वितरण कार्यक्रम सुरु

२०८३ भदौ ४ बिहीबार
बिहान ०९:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, धनुषा । धनुषाको जनकनन्दिनी गाउँपालिकामा सुधारिएको चुलो वितरण कार्यक्रम सुरु गरिएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जनकनन्दिनी गाउँपालिका र लाभग्राहीहरूको लागत साझेदारीमा गाउँपालिकाका विभिन्न वडाका घरपरिवारलाई सुधारिएको चुलो वितरण गर्न थालिएको हो ।

परम्परागत चुलोबाट हुने धुवाँ तथा वायु प्रदूषण न्यूनीकरण गर्नुका साथै दाउरा तथा अन्य इन्धनको खपत घटाउने उदेश्यसहित चुलो वितरण कार्यक्रम सुरु गरिएको जनाइएको छ ।  सुधारिएको चुलोको प्रयोगले घरभित्रको धुवाँ कम हुनुका साथै खाना पकाउने समय र इन्धनको खपतसमेत घट्ने अपेक्षा गरिएको छ ।

जनकनन्दिनी वडा नं. १ बाट सुरु गरिएको चुलो वितरण कार्यक्रममा जनकनन्दिनी गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, उपाध्यक्ष कमला सहगल र वडा नं. १ का वडाध्यक्ष सँतोष कुमार गोईतको सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष यादवले स्वच्छ ऊर्जा प्रवर्द्धनसँगै नागरिकको स्वास्थ्य र वातावरण संरक्षणमा सुधारिएको चुलो कार्यक्रम प्रभावकारी हुने बताए ।

उपाध्यक्ष सहगलले ग्रामीण क्षेत्रका घरपरिवारलाई सहज, सुरक्षित र कम इन्धन खपत हुने प्रविधिको पहुँचमा ल्याउन कार्यक्रम महत्वपूर्ण रहेको बताइन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, गाउँपालिका र लाभग्राहीबीचको लागत साझेदारीमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत छनोट भएका लाभग्राहीलाई सुधारिएको चुलो उपलब्ध गराइने जनाइएको छ ।

गाउँपालिकाले आगामी दिनमा पनि स्वच्छ तथा वैकल्पिक ऊर्जा प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

वडा नं. २ मा भदौ ४,५ र ८ गते वितरण हुनेछ । वडा नं. ३ को महुवामा ९,१० र ११ गते वितरण हुनेछ भने वडा नं. ४ को खजुरीमा १५,१६ र १७ गते वितरण हुनेछ । यस्तै, वडा नं. ५ को पतनुकास्थित २२, २३ र २४ गते तथा वडा नं. ६ को कठालमा २५, २६ र भदौ ३१ गते वितरणको कार्यक्रम राखिएको हो । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ भदौ ४ बिहीबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus