न्यूज ब्यूरो, सर्लाही । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी ध्वनि प्रदूषण गराएको आरोपमा सर्लाही प्रहरीले डीजेसहितको गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय सर्लाही तथा जिल्ला सुरक्षा समितिको निर्णयविपरीत डीजे बजाउँदै हिँडेको आरोपमा प्रहरीले मलंगवा नगरपालिका–९ गोरखकालीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा पर्नेमा हरिपुर नगरपालिका–१ का ५५ वर्षीय जागेश्वर पण्डित र बागमती नगरपालिका–४ का २३ वर्षीय जगन्नाथ साह रहेका छन् । पण्डित डीजे सञ्चालक र साह डीजे जडित गाडीका चालक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले डीजेसहितको गाडी र साउन्ड सिस्टमका सामग्री नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा ध्वनि प्रदूषण गराउने किसिमका डीजे नबजाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । आदेशविपरीत डीजे बजाए कानुनबमोजिम कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।
आफ्नै हजुरआमा (दादी) को हत्या गरेको आरोपमा १८ बर्षिय नाती (पोता) पक्राउ
- २०८३ श्रावण २७ बुधबार
न्यूज ब्यूरो, रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ बडेर्बामा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा १८ वर्षीय नाति पक्राउ परेका छन् । प्रहरीले ७५ वर्षीया तेतरी खातुनको हत्या गरेको आरोपमा उनका नाति साहिल
पूरा पढ्नुहोस्





