मधेश प्रदेश प्रहरीसम्बन्धी कानुनी प्रक्रिया अघि बढ्यो, अब आफ्नै पुलिस हुने

२०८३ श्रावण २७ बुधबार
बिहान ०९:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश प्रहरी सेवाको सञ्चालन र व्यवस्थापनका लागि आवश्यक कानुनी दस्तावेज तथा नियमावली तयार गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ ।

प्रदेश राजपत्रमा प्रकाशित ‘प्रदेश प्रहरी सेवा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५’ २०७५ पुस १५ गतेदेखि कार्यान्वयनमा आएको जनाइएको छ । यस्तै, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण तथा समन्वयसम्बन्धी विधेयक तथा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजनसम्बन्धी विधेयकसमेत प्रक्रियामा अघि बढाइएको छ ।

यसैक्रममा प्रदेश प्रहरी नियमावली, २०७७ मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । प्रदेश प्रहरी ऐन, २०७५ को दफा १०१ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले आवश्यक नियमावली निर्माण गरेको जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा गठित कानून मस्यौदा तथा परिमार्जन समितिले नियमावलीका १ देखि १४८ सम्मका विषयमा छलफल गरी सर्वसम्मत निर्णय गरेको जनाइएको छ ।

तयार गरिएका कानुनी दस्तावेज तथा आवश्यक प्रक्रिया पूरा गरी नेपाल सरकारका संघीय गृहमन्त्री सुदन गुरुङलाई हस्तान्तरण गरिएको बताइएको छ ।

प्रदेश प्रहरीसम्बन्धी कानुनी संरचना कार्यान्वयनमा आएपछि प्रहरी सेवाको सञ्चालन, समन्वय, सुपरिवेक्षण तथा प्रहरी कर्मचारी व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सरकार शासकीय अराजकतामा फस्यो, संविधान र विधिको लेन मिच्न दिँदैनौँःगगन थापा

  • २०८३ श्रावण २७ बुधबार

न्यूज ब्युरो, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० नेतृत्वको सरकार शासकीय अराजकतामा फसेको आरोप लगाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु

पूरा पढ्नुहोस्

Bureau Menus