सुनसरी घटनाबारे सरकारसँग चारबुँदे सहमति, विनय यादवको आमरण अनशन स्थगित

२०८३ श्रावण २६ मंगलबार
बेलुकी ७:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनालाई लिएर सुरु गरेको आमरण अनशन स्थगित गर्नुभएको छ ।

हिन्दु धर्म, संस्कृति र पहिचानमाथि राज्यबाटै विभेद भइरहेको तथा अल्पसंख्यक समुदायको टुप्पीकरणमा शासनसत्ता लागिरहेको आरोप लगाउँदै अध्यक्ष यादवले साउन १४ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशन सुरु गर्नुभएको थियो । मंगलबारसम्म उहाँको अनशन १३औँ दिन पुगेको थियो ।

राष्ट्रिय एकता दलका अनुसार सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका पक्षमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुसार यथाशीघ्र काम गर्ने सहमति भएपछि तत्कालका लागि आमरण अनशन स्थगित गरिएको हो ।

सरकारले यादवले उठाएका माग सम्बोधन गर्न चारबुँदे लिखित सहमति गरेको दलले जनाएको छ । सहमतिपछि अध्यक्ष यादवले अनशन स्थगित गर्नुभएको हो ।

दलले सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारलाई सरकारले गरेको प्रतिबद्धताअनुसार आवश्यक राहत, न्याय तथा अन्य कार्य अघि बढाउने विश्वास व्यक्त गरेको छ । साथै अध्यक्ष यादवले राख्नुभएका अन्य मागका सम्बन्धमा समेत सरकारले गम्भीर ध्यानाकर्षण गर्दै तत्काल पहल गर्ने प्रतिबद्धता जनाएको जनाइएको छ ।

यसैबीच, सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ ।

राष्ट्रिय एकता दलले हिन्दुवादी आन्दोलनलाई पूर्णता र प्राप्तिको स्थितिमा पुर्‍याउने प्रतिबद्धता पनि जनाएको छ । दलले आगामी दिनमा हिन्दुको ऐतिहासिक निरन्तरता र पहिचानको चेतना अभिवृद्धि गर्ने आन्दोलन तथा विकसित घटनाक्रमसँगै गर्नुपर्ने जुनसुकै आन्दोलनका लागि राष्ट्रिय एकता दल सदैव तयार रहने जनाएको छ ।

सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर न्याय, दीर्घकालीन नीतिगत सुनिश्चितता तथा सुरक्षा व्यवस्थासँग जोडिएका माग अघि सार्दै यादवले आमरण अनशन सुरु गर्नुभएको थियो । सरकारले माग सम्बोधनका लागि लिखित प्रतिबद्धता जनाएपछि अनशन स्थगित गरिएको राष्ट्रिय एकता दलले जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तस्करीको सामान नछोडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाहको दाबी, बरामद सामग्री भन्सार बुझाएपछि लफडा

  • २०८३ श्रावण २६ मंगलबार

न्यूज ब्यूरो, सप्तरी । सप्तरी प्रहरीले तस्करीबाट बरामद भएको सामान कानुनी प्रक्रिया पूरा नगरी छाड्न अस्वीकार गरेपछि आफूविरुद्ध भ्रमपूर्ण प्रचार र अफवाह फैलाइएको दाबी गरेको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका–५ बाट

पूरा पढ्नुहोस्

Bureau Menus