न्यूज ब्यूरो, जनकपुरधाम । छाता इनिसिएटिभको आयोजनामा वरिष्ठ साहित्यकार तथा लेखक डा. राजेन्द्रप्रसाद विमलको स्मृति तथा श्रद्धाञ्जलीमा ‘विमल विमर्श’ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वक्ताहरूले नेपाली तथा मैथिली साहित्यमा डा। विमलले पुर्याएको योगदान, साहित्यिक यात्रा तथा समाज र संस्कृतिमा उनको भूमिकाबारे चर्चा गरेका थिए ।
कार्यक्रममा लेखक रोशन जनकपुरी, कवि तथा पत्रकार अमरेन्द्र कुमार यादव, साहित्यकार नित्यानन्द मण्डल र पत्रकार मनिका झा वक्ताका रूपमा सहभागी थिए ।
वक्ताहरूले डा। विमलले नेपाली र मैथिली साहित्यको विकासमा पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनको निधनले साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादवले साहित्यकार तथा स्रष्टाहरूले समाजलाई चेतना र विचार दिने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले डा। विमलको साहित्यिक योगदानलाई संरक्षण र नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रमको अध्यक्षता छाता इनिसिएटिभका अध्यक्ष अमरेन्द्र कुमार यादवले गरेका थिए ।
कार्यक्रममा युवा, बुद्धिजीवी, समाजसेवी, साहित्यप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले डा। विमलप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको साहित्यिक योगदानलाई आगामी पुस्ताले पनि स्मरण र अध्ययन गर्नुपर्ने धारणा राखेका थिए ।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०८३ भदौ ७ आइतबार



