सप्तरीका १८ पालिकामा एआई एक्सरे अभियान सम्पन्न, ८० जना क्षयरोगका बिरामी पहिचान

२०८३ भदौ २४ बुधबार
बेलुकी ५:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज । क्षयरोग नियन्त्रण तथा समयमै बिरामी पहिचान गर्ने उद्देश्यले बागमती सेवा समाज नेपालले मधेश प्रदेश सप्तरी जिल्लाका १८ वटै पालिकामा एआई एक्सरे प्रविधिमार्फत क्षयरोगसम्बन्धी स्क्रिनिङ अभियान सञ्चालन गरेका थिए।

अभियानका क्रममा १८ पालिकामा गरिएको परीक्षणबाट हालसम्म ८० जना क्षयरोगका  बिरामी पहिचान भएका छन्। पहिचान भएका बिरामीलाई आवश्यक उपचारका लागि प्रोत्साहित गरिएको बागमती सेवा समाज नेपाल, सप्तरीका संयोजक दुर्गानन्द झाले जानकारी दिएका छन्।

अभियानअन्तर्गत सञ्चालन गरिएका शिविर तथा स्वास्थ्य परीक्षणको प्रत्येक पालिकाका स्वास्थ्य संयोजक, प्रदेश निर्देशनालयका जनस्वास्थ्य अधिकृत तथा मधेश प्रदेशका जनस्वास्थ्य निरीक्षक लगायतका स्वास्थ्यकर्मीहरूले अनुगमन गरेका थिए।

क्षयरोग नियन्त्रणका लागि समुदायस्तरमै सम्भावित बिरामी पहिचान गरी समयमै परीक्षण र उपचारमा जोड दिने उद्देश्यले अभियान सञ्चालन गरेका आयोजकले बताएका छन्। अहिले एआई प्रविधिको प्रयोगले ठूलो संख्यामा नागरिकको छिटो परीक्षण गर्न सहयोग पुगेको छ।

जिल्ला संयोजक झाका अनुसार एआई एक्सरे प्रविधिको प्रयोगबाट क्षयरोगका सम्भावित बिरामीलाई प्रारम्भिक चरणमै पहिचान गर्न सहज भएको छ। र अझै पहिचान नभएका केही बिरामीको थप प्रयोगशाला परीक्षण हुन बाँकी रहेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सुनसरीको देवानगञ्जमा दुई समूहबीच झडप हुँदा कुटाकुट, दुई जना पक्राउ

  • २०८३ भदौ २४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ दुई समूहबीच झडप हुँदा एक युवक घाइते भएका छन् । घटनामा स्थानीय २४ वर्षीय निरजकुमार यादव घाइते भएको सुनसरी

पूरा पढ्नुहोस्

Bureau Menus