न्यूज ब्यूरो, जनकपुरधाम । बर्षौदेखि जीर्ण अवस्थामा रहेको क्षीरेश्वरनाथ नगरपालिका वड नं. ९ ईच्छापुर माविको दोस्रो तल्ला ढलान गरिएको छ ।
बर्षौदेखि राजनीतिक चपेटामा रही भौतिक पूर्वाधार स्तरोन्नतीको प्रतिक्षामा रहेको मावि ईच्छापुरमा नगर प्रमुख सुखदेव यादवको पहलकदमीले दोस्रो तल्ला ढलान गरिएको हो ।
विद्यालयमा मावि सँचालन रहेपनि भौतिक पूर्वाधार अभावमा विद्यार्थी व्यवस्थापन कार्य असहज हुँदै आएको व्यापक जनगुनासो बढेपछि मेयर यादवले विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधारको स्तरोन्नती गरिदिएको जनाईएको छ ।
वडा नं. ९ का वडाध्यक्ष अवधकिशोर यादव, वडासदस्यहरुसहित नगर प्रमुख यादवले सँयुक्त रुपमा पूजन गरी छत ढलानको कार्य सम्पन्न गरिएको हो ।
विद्यालयमा दोस्रो तल्ला बनेपछि केही दिनमै विद्यार्थी व्यवस्थापन पनि सहज हुने मेयर यादवले बताए । उनले नगरको शिक्षा क्षेत्रलाई अझै बलियो बनाउने प्रयास स्वरुप जिर्ण अवस्थामा रहेको विद्यालयलाई थप उर्जा प्रदान गरिएको बताए ।
साउदी अरेबियालाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा
- २०८३ भदौ २७ शनिबार
न्यूज ब्युरो, जनकपुरधाम । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्लाङस्थित बायोमास क्रिकेट ओभलमा आइतबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै अन्तिम
पूरा पढ्नुहोस्




