न्यूज ब्यूरो, जनकपुरधाम । भारत भ्रमणमा रहेका इरानी राष्ट्रपति मसुद पेजेश्कियनले हिन्दू धर्मगुरु जगद्गुरु सतीशाचार्यको चरण स्पर्श गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
नयाँ दिल्लीमा आयोजित एक विशेष संवाद कार्यक्रममा भारतीय बुद्धिजीवी, व्यवसायी तथा धार्मिक प्रतिनिधिहरूसँग भेटघाटका क्रममा पेजेश्कियनले जगद्गुरु सतीशाचार्यसँग भेट गरेका थिए । सोही क्रममा उनले हिन्दू परम्पराअनुसार झुकेर धर्मगुरुको चरण स्पर्श गर्दै आशीर्वाद लिएका थिए ।
पेजेश्कियनको यो व्यवहारलाई भारतीय संस्कृति र धार्मिक परम्पराप्रतिको सम्मानका रूपमा व्याख्या गरिएको छ । भेटको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पेजेश्कियनले विश्वका विभिन्न दैवीय धर्महरूको मूल उद्देश्य समाजमा न्याय स्थापना गर्नु तथा मानव मूल्य र गरिमाको संरक्षण गर्नु रहेको बताएका थिए । सतीशाचार्यले पनि सनातन परम्पराले विश्व शान्ति र भाइचाराको सन्देश दिने विषयमा धारणा राखेका थिए ।
पेजेश्कियनको भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारत–इरान सम्बन्ध, चाबहार बन्दरगाह तथा क्षेत्रीय सम्पर्कलगायत विषयमा पनि छलफल भएको छ । कूटनीतिक भेटवार्ताबीच भारतीय धार्मिक परम्पराप्रति इरानी राष्ट्रपतिको सम्मान देखिएको यो दृश्यले थप ध्यान खिचेको हो ।
इरानी राष्ट्रपतिको चरण स्पर्शको यो दृश्यलाई कतिपयले दुई देशबीचको सांस्कृतिक सम्मान र सद्भावको प्रतीकका रूपमा समेत व्याख्या गरेका छन् ।
धनुषा जनकनन्दिनीका किसानहरुलाई सिँचाईका लागि विद्युतिय मोटर वितरण
- २०८३ भदौ २८ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका किसानहरुलाई विद्युतिय मोटर वितरण कार्यक्रम सुरु भएको छ । जनकनन्दिनी गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिकाको विभिन्न वडाका किसानहरुलाई विद्युतिय मोटर दिने कार्य सुरु
पूरा पढ्नुहोस्

.jpeg)
