मदरसाको नाममा चन्दा, पाकिस्तान पठाउने प्रयासः ‘फन्ड जिहाद’ आरोपमा युवक पक्राउ

२०८३ भदौ २४ बुधबार
बिहान १०:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको उत्तर प्रदेश आतंकवाद निरोधक दस्ता (यूपी एटीएस) ले बिहारका एक २४ वर्षीय युवकलाई पाकिस्तानस्थित प्रतिबन्धित आतंकवादी संगठन जैश–ए–मोहम्मदसँग सम्बन्ध रहेको आरोपमा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिहारको पूर्णिया जिल्लाको मीरगन्ज, रौटा थाना क्षेत्रका मोहम्मद जफर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई अगस्ट १६ मा पक्राउ गरिएको र त्यसपछि गैरकानुनी गतिविधि (रोकथाम) ऐन अर्थात् यूएपीएअन्तर्गत मुद्दा चलाइएको जनाइएको छ। 

यूपी एटीएसका अनुसार जफरले मदरसाको नाममा मानिसहरूबाट चन्दा संकलन गर्ने र उक्त रकम पाकिस्तानस्थित जैश–ए–मोहम्मदसँग सम्बन्धित सञ्जालसम्म पुर्‍याउने प्रयास गर्दै आएका थिए। एटीएसले यस्तो रकम भारतमा ‘जिहाद’सँग सम्बन्धित गतिविधिका लागि प्रयोग गर्ने उद्देश्य रहेको आरोप लगाएको छ। 

अनुसन्धानका क्रममा जफरको मोबाइलबाट पाकिस्तानी नागरिकसँग सम्बन्धित ह्वाट्सएप समूह फेला परेको एटीएसले जनाएको छ। ती समूहमा जिहाद र चन्दा संकलनसम्बन्धी कुराकानी हुने गरेको आरोप छ। जफरले सामाजिक सञ्जालमार्फत जैश–ए–मोहम्मद प्रमुख मसुद अजहरका भाषण तथा जिहाद र ‘खिलाफत’सम्बन्धी सामग्रीसमेत साझा गर्ने गरेको एटीएसको दाबी छ। 

क्रिप्टोमार्फत रकम पठाउने प्रयास
अनुसन्धानमा रकम पाकिस्तानसम्म पुर्‍याउन क्रिप्टोकरेन्सी प्रयोग गरिएको विवरणसमेत बाहिर आएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार एटीएसले जफरले पाकिस्तानस्थित सम्पर्कहरूसँग सम्बन्ध स्थापित गरी बाइनान्समार्फत यूएसडीटीका रूपमा पटक–पटक रकम पठाएको आरोप लगाएको छ। पाकिस्तानको बैंक खातामा सिधै रकम पठाउने प्रारम्भिक प्रयास असफल भएपछि क्रिप्टोकरेन्सीमार्फत रकम स्थानान्तरण गरिएको अनुसन्धानकर्ताहरूको भनाइ छ। 

अनुसन्धानकर्ताहरूले अब चन्दाको रकम कहाँबाट उठाइएको थियो, कसले सहयोग गरेको थियो, कुन डिजिटल वालेट र खातामार्फत रकम पठाइयो तथा अन्ततः रकम कसको हातमा पुग्यो भन्ने विषयमा आर्थिक कारोबारको विस्तृत अनुसन्धान गर्ने बताएका छन्। 

मदरसामा पढेका थिए जफर

भारतीय सञ्चारमाध्यमका अनुसार जफरले विगतमा मेरठस्थित एक मदरसामा अध्ययन गरेका थिए। एटीएसले उनको त्यही समयदेखि जिहाद तथा मुजाहिदसँग सम्बन्धित सामग्रीको सम्पर्कमा आएको र पछि जैश-ए-मोहम्मदका प्रमुख मसुद अजहरका भाषणबाट प्रभावित भएको दाबी गरेको छ।  

जफरले सामाजिक सञ्जालमा समेत जिहाद तथा हिंसात्मक गतिविधिलाई प्रोत्साहन गर्ने सामग्री फैलाएको एटीएसको आरोप छ। 

यूएपीएअन्तर्गत मुद्दा

पीटीआईका अनुसार जफरविरुद्ध गैरकानुनी गतिविधि (रोकथाम) ऐनको धारा १८ र ३८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। एटीएसले उनीसँग सोधपुछका क्रममा आफ्नो संलग्नता स्वीकार गरेको दाबीसमेत गरेको छ। 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८३ भदौ २४ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus