असम । भारतको असमस्थित धुबरी जिल्लामा ६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ६० वर्षीय पसलेलाई पक्राउ गरेको छ ।
बन्दिहाना प्रहरी चौकीअन्तर्गत चितलकाटी गाउँमा स्थानीय पसल सञ्चालन गर्दै आएका जुरान अलीले गत सेप्टेम्बर ४ मा बालिकालाई पसलभित्र बोलाएर यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । घटनापछि बालिकाले घर पुगेर परिवारलाई जानकारी गराएपछि परिवारले प्रहरीमा उजुरी दिएको थियो ।
उजुरी परेको केही घण्टामै प्रहरीले अलीलाई पक्राउ गरेको जनाएको छ । अनुसन्धानका क्रममा उनले घटनाबारे स्वीकार गरेको प्रहरीको दाबी छ । यद्यपि उनको बयानसहित घटनासम्बन्धी सबै प्रमाण कानुनी प्रक्रियाअनुसार अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।
बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । प्रहरीका अनुसार परीक्षणमा यौन दुर्व्यवहारको संकेतसँगै बालिकाको शरीरमा चोट तथा रक्तस्राव देखिएको थियो ।
पक्राउ परेका अलीलाई न्यायिक हिरासतमा पठाइएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।
विपद्को घडीमा वर्ल्डलिंकको साथ, उद्धार कोषमा १ करोड १ लाख सहयोग
- २०८३ भदौ २३ मंगलबार
न्यूज ब्युरो, जनकपुरधाम । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले विपद्बाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग
पूरा पढ्नुहोस्

.jpeg)



