न्यूज ब्यूरो, सिरहा । सिरहामा अवस्थित शिव पार्वती मन्दिरमा रहेको प्रतिमाबाट चाँदीको बाला चोरी भएको छ ।
गएराती नै मन्दिरमा रहेको शिवको मूर्तिबाट चाँदीको बाला चोरी भएको स्थानीयहरुले जनाएको छ । सिरहाको सिरहा नगरपालिका वडा नं. १५ सुखचैनास्थित हिन्दुहरुको आस्थाको केन्द्र रहेको मन्दिरबाट शिवजीको हातमा श्रद्धालुले चढाएको चाँदीको बाला हात फोडेर लगेको जनाइएको छ ।
शिवको प्रतिमाको हात भाँचेर बाला निकालिएको स्थानीयहरुले जनाएको छ । एक श्रद्धालुले चाँदीको मोटो बाला चढाएको थियो । मन्दिरमा भाकल पूरा भएपछि बाला चढाएकोमा अज्ञात व्यक्तिले चोरी गरी लगेको हो ।
स्थानीयहरुले मूर्तिको हात भाँचेर बाला चोरी गरेको घटना प्रहरीलाई बताएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
बच्चा खेलाउँदै बाँदर
- २०८३ भदौ २९ सोमबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्


